• नयाँदिल्ली । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार १३८ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५२४ जनाको मृत्यु भएको र यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार २२३ पुगेको छ ।

    मन्त्रालयका अनुसार हाल ४ लाख ५२ हजार ३४४ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९ औं दिन हो । एजेन्सी