• काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा मात्र ९ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार तीमध्ये महिला ४ सय १० र ५ सय ३७ पुरुष रहेका छन् । जसमा काठमाडौंमा ६ सय ९२, ललितपुरमा १ सय ९० र भक्तपुरमा ६५ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित २४ घण्टाको अवधिमा देशभरबाट १ हजार ७ सय ९० नयाँ संक्रमित थपिएका छन् । त्यस्तै २४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ९१ जना कोरोनामुक्त भएकोर डिस्चार्ज भएका छन् । अहिले देशभर सक्रिय संक्रमित १७ हजार ८५९ पुगेका छन् भने कोरोना संक्रमणको आशंकामा देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २७ जना रहेका छन् ।