

-
काठमाडौं । टोखा नगरपालिकाले ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै तिनलाई रु एक लाख बराबरको बीमा गरेको हो । कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक छन् ।
नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले टोखाका सबै जनप्रतिनिधि, कर्मचारी र कोभिड स्वयंसेवकको एक लाख बराबरको कोरोना बीमा गरिएको जानकारी दिए । टोखाले कोरोना बीमाका लागि दुई लाख ३५ हजार ६६० खर्च गरेको छ ।
यस्तै नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । टोखाले विपन्न परिवारको राहतका लागि एक करोड ४१ लाख ११ हजार ३६५, कन्ट्याक ट्रेसिङका लागि ३५ हजार, स्वयंसेवक, खाना तथा खाजा र अनुगमनका लागि १७ लाख ९८ हजार ३७० र होम आइसोलेशन पोषण भत्ताका लागि २६ लाख ४० हजार ३०० खर्च गरेको छ ।
यस्तै प्राविधिक र सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि चार लाख २९ हजार ७८६, आइसोलेशन सामग्रीका लागि २६ लाख ८४ हजार ७१८, आइसोलेशन वार्डमा शय्या खर्च नौ लाख ६६ हजार ८०५, आइसोलेशन र क्वारेन्टिनमा खाना तथा खाजाका लागि १३ लाख ७८ हजार ३८२ र जोखिम प्रोत्साहन भत्ताका लागि एक करोड ८० हजार ९७९ खर्च भएको छ ।
यसैगरी ह्याण्ड वास स्टेशन निर्माणका लागि सात लाख ३२ हजार ३२१, मास्क, क्लोरिन, स्यानिटाइजर, पिपिइ र थर्मल गन खरीदका लागि ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरीदका लागि चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि दुई लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि एक लाख ५० हजार खर्च भएको आर्थिक शाखा प्रमुख अधिकारीले बताए ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर पिसिआर परीक्षण र नगरवासीको उपचारलाई विशेष ध्यान दिइएको बताए । टोखाले कोभिड–१९ का बिरामीको उपचारका लागि टोखामा आइसोलेशन सेन्टर स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
News Desk 0 response सोमवार, मंसिर ८, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


