

-
काठमाडौं । देशभरमा आज कोभिड–१९ का दुई हजार ५६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै एक हजार ६६६ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ५६९ र महिला एक हजार सात रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज सङ्क्रमणमुक्त भएका एक हजार ६६६ समेत गरी आजसम्म एक लाख ६२ हजार २४३ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ८० प्रतिशत रहेको छ ।
आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ९१२ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा आज एक हजार २६१ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा ९७६, ललितपुर २०४ र भक्तपुर ८१ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये एक हजार ७३३ पुरुष र ५२८ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा १७ हजार १६४, ललितपुरमा दुई हजार ५०६ र भक्तपुरका एक हजार २७५ सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै, होम आइसोलेसनमा रहनेको सङ्ख्या काठमाडौँमा ११ हजार ३९३, ललितपुर एक हजार ८३१ र भक्तपुरमा एक हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ८१ नमूना परीक्षण भएको थियो । हालसम्म १५ लाख ७४ हजार २९५ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५३ हजार ९४९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव आठ प्रतिशत छ । क्वारेइन्टीनमा रहेकाको सङ्ख्या आज एक हजार १०९ रहेको छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल २८ हजार ३९३ होम आइसोलेसन र १० हजार ५१९ संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा चार हजार ७४७, प्रदेश २ मा ९५२, बाग्मती प्रदेशमा १८ हजार ९३९, गण्डकी प्रदेशमा दुई हजार १२१, लुम्बिनी प्रदेशमा ४०४, कर्णाली प्रदेशमा ३३७ र सुदूरपश्चिम प्रदेशमा ८९३ रहेको छ ।
देशभरमा गरी आज ३८२ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४६, प्रदेश २ मा १२, बाग्मती प्रदेशमा १७१, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १५ सङ्क्रमित आइसियूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा १६, प्रदेश २ मा दुई, बाग्मती प्रदेशमा ६०, गण्डकी प्रदेश ११ र लुम्बिनी प्रदेश छ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
चौध जिल्लामा ५०० बढी सङ्क्रमित, मनाङमा शून्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङमा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रे, चितवान, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, दाङ र कैलाली रहेका छन् । आजसम्म मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।थप २६ जनाको मृत्यु
News Desk 0 response बुधबार, कार्तिक २६, २०७७
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप २६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार १०९ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ४० दशमलव दुई हो ।

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


