

-
काठमाडौं । २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या लाख ७९ हजार ६१४ पुगेको छ । यस अवधिमा ११ हजार १६६ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र १४ सय ६८ छन् । यसरी संक्रमित हुनेमा ६ सय ४९ महिला र ८ सय १९ पुरुष रहेको मन्त्रालयले बताएको छ । जसमा काठमाडौंमा १२ सय ४२, ललितपुरमा १ सय ६३ र भक्तपुरमा ६३ जना छन् ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार ३ हजार १४२ जना कोरोनामुक्त भएका छन् । यसरी हालसम्म निको हुनेको संख्या १ लाख ४१ हजार १३४ संख्या पुगेको छ । त्यसैगरी आज थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार नेपालमा कोरोनाकै कारण अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको हो ।
बाँकी सक्रिय संक्रमितको संख्या देशभरी ३७ हजार ४७६ पुगेको छ भने हाल क्यारेन्टिनमा १ हजार २७७ जना बसिरहेका पनि मन्त्रालयले बताएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक १८, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


