• काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप एक हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकोआधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा एक हजार ५ सय ८, ललितपुरमा २ सय २९ र भक्तपुरमा १ सय ३१ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार उपत्यकाकासहित शुक्रबार मुलुकभरबाट थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै आजै ४ हजार ९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।