• काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसअनुसार काठमाडौंका दुई हजार आठ, ललितपुरका २८१ र भक्तपुरका ९९ जना रहेका छन् ।

    त्यसैगरी उपत्यकासहित मुलुकभरबाट सोमबार थप ३ हजार ७९० जनामा कोरो संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यीसँग हालसम्म कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनले दिएको जानकारी अनुसार यीमध्ये हालसम्म ९४ हजार ५०१ जना कोरोनामुक्त भएका छन् । सोमबारमात्र २ हजार ३३५ कोरोनामुक्त भएका छन् । त्यस्तै २४ घण्टाको अवधिमा थप १८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।

    अहिलेसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको मन्त्रालयले जनाएको छ ।