

-
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ६३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा १३ हजार ९४७ वटा नमूनाको पिसिआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । उनका अनुसार यीसँगै नेपालमा संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।
त्यसैगरी यस अवधिमा २ हजार १७४ जना डिस्चार्ज भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ८९५ पुगेको सो अवसरमा प्रवक्ता डा. गौतमले जनाए । बाँकी सक्रिय संक्रमितको संख्या अहिले ३६ हजार ३६७ पुगेको छ । जसमध्ये संस्थागतमा १४ हजार ८१९ र होम आइसोलेशनमा २१ हजार ५६८ जना रहेका छन् । त्यस्तै संक्रमितमध्ये अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप १२ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी देशभरका क्वारेन्टाइनमा चार हजार ६६६ जना रहेका छन् ।
News Desk 0 response बुधबार, अशोज २८, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


