-
सिन्धुपाल्चोक । गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो ।
गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६/७७ मा कार्यसम्पादन मूल्याङ्कन सम्झौता भएको थियो । छ मुख्य क्षेत्रलाई आधार मानेर १०० भन्दा बढी विषय मापनबाट हुने यो मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्टभित्र पर्न सफल भएको हो । अघिल्लो वर्षको मूल्याङ्कनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो ।
आव ०७६/७७ मा सचिव र प्रजिअ बीचको कार्यसम्पादनका साथै जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्याङ्कनको आधार हो । शान्तिसुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामूहिक सुधारको वातावरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्याङ्कन गरी ग्रेड छुट्याइन्छ ।
जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिम नम्बरमा परेको जिल्लालाई यो वर्ष ‘क’मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रजिअ उमेशकुमार ढकालले जानकारी दिएका छन् । रासस
News Desk 0 response मङ्लबार, साउन १३, २०७७
सम्बन्धित शीर्षकहरु
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई राष्ट्रपतिले गराए शपथ
आइतवार, अशोज २०, २०८१प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन
बुधबार, अशोज १६, २०८१२१ निर्माण कम्पनी सरकारको कालोसूचीमा
मङ्लबार, अशोज १५, २०८१४१ जना एसपीको सरुवा (सूची सहित)
मङ्लबार, अशोज ८, २०८१-
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१ -
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी..
सोमवार, अशोज २८, २०८१ -
इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक..
सोमवार, अशोज २८, २०८१
-
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१ -
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी..
सोमवार, अशोज २८, २०८१ -
इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक..
सोमवार, अशोज २८, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर..
सोमवार, अशोज २८, २०८१