

-
सामाजिक सञ्जाल अब यस्तो डस्टबिनमा परिणत भयो कि जसले जे फाले पनि हुने, लाइभ आत्महत्या गरे पनि हुने ! यस्तै मेसोमा सेनाले गत साता गरेको कारबाहीबाट बर्खास्तीमा परेका जर्नेल सुरेन्द्र रावलले फेसबुकमार्फत नेतृत्वको चर्को आलोचना गरेका छन् । सेनापतिले विदेश तालिम र वृत्तिविकासबारे बुझेर आफू र जर्नेलहरूको समूह (पिएसओज) मा पेश गर्न लगाएको तोकलाई अर्कै ढंगबाट व्याख्या गरी रक्षा मन्त्रालयलाई पत्राचार गरेबापत अमेरिकामा तालिम लिँदालिँदै केरकारमा परी गत बुधबार जागिर खोसिएका सहायक रथी सुरेन्द्रसिंह रावलले फेसबुकमा ‘ए नेतृत्व’ शीर्षकअन्तर्गत लामो कविता लेखेका हुन् ।
News Desk 0 response शुक्रबार, असार २६, २०७७
कवितामा उनले सैनिक नेतृत्व कर्मभन्दा चुक्ली र चाप्लुसीमा निर्लिप्त रहेको, प्रतिस्पर्धामा जित्न नसकेपछि हतकण्डा अपनाइएको र भ्रमलाई सत्यमा परिणत गर्न उद्दत रहेको उल्लेख गरेका छन् । रावलले सैन्य अदालतको निर्णय नेतृत्वको आडमा भएकोतर्फ संकेत गर्दै ‘तिमीलाई न्याउरी मारी पछुतो भयो÷भएन थाहा भएन तर आफ्नो लोकप्रियताको खातिर निर्दोषलाई बलि चढाउन पछि परेनौ’ भन्दै आफू निर्दोष रहेको कवितामार्फत छताछुल्ल पारेका छन् । सँगसँगै रावलले पछिल्लो स्टाटसमा ‘आफू हिरो हुन निर्दोषलाई बलि दिने र संगठनको स्रोत–साधन दुरूपयोग गरी प्रचार–प्रसार गर्ने निकृष्ट मान्छे विरलै देखिन्छ’ भनेर नेतृत्वको कडा आलोचना गरेका छन् ।
-जनआस्थाबाट


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२