

-
सामाजिक सञ्जाल अब यस्तो डस्टबिनमा परिणत भयो कि जसले जे फाले पनि हुने, लाइभ आत्महत्या गरे पनि हुने ! यस्तै मेसोमा सेनाले गत साता गरेको कारबाहीबाट बर्खास्तीमा परेका जर्नेल सुरेन्द्र रावलले फेसबुकमार्फत नेतृत्वको चर्को आलोचना गरेका छन् । सेनापतिले विदेश तालिम र वृत्तिविकासबारे बुझेर आफू र जर्नेलहरूको समूह (पिएसओज) मा पेश गर्न लगाएको तोकलाई अर्कै ढंगबाट व्याख्या गरी रक्षा मन्त्रालयलाई पत्राचार गरेबापत अमेरिकामा तालिम लिँदालिँदै केरकारमा परी गत बुधबार जागिर खोसिएका सहायक रथी सुरेन्द्रसिंह रावलले फेसबुकमा ‘ए नेतृत्व’ शीर्षकअन्तर्गत लामो कविता लेखेका हुन् ।
News Desk 0 response शुक्रबार, असार २६, २०७७
कवितामा उनले सैनिक नेतृत्व कर्मभन्दा चुक्ली र चाप्लुसीमा निर्लिप्त रहेको, प्रतिस्पर्धामा जित्न नसकेपछि हतकण्डा अपनाइएको र भ्रमलाई सत्यमा परिणत गर्न उद्दत रहेको उल्लेख गरेका छन् । रावलले सैन्य अदालतको निर्णय नेतृत्वको आडमा भएकोतर्फ संकेत गर्दै ‘तिमीलाई न्याउरी मारी पछुतो भयो÷भएन थाहा भएन तर आफ्नो लोकप्रियताको खातिर निर्दोषलाई बलि चढाउन पछि परेनौ’ भन्दै आफू निर्दोष रहेको कवितामार्फत छताछुल्ल पारेका छन् । सँगसँगै रावलले पछिल्लो स्टाटसमा ‘आफू हिरो हुन निर्दोषलाई बलि दिने र संगठनको स्रोत–साधन दुरूपयोग गरी प्रचार–प्रसार गर्ने निकृष्ट मान्छे विरलै देखिन्छ’ भनेर नेतृत्वको कडा आलोचना गरेका छन् ।
-जनआस्थाबाट

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



