

-
काठमाडौँ । तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।
उनीहरुलाई बुधबार साँझ नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई बिदाइ गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा सङ्गठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीको कार्यक्षमता तथा कार्यकौशलअनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने, सङ्गठनका हरेक सदस्यको सङ्गठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए ।
कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएता पनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिइ सङ्गठनमा प्रहरी कर्मचारीको वृत्तिविकासलगायत विविध सुधारका पक्षलाई गति दिएको उनले उल्लेख गरेका थिए ।
प्रहरी सेवा नागरिकका लागि हो, तर यसमा दुवै पक्षबीचको परस्पर सहकार्य, सद्भाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै उनले भने, “दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।”
समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घसेवा सम्मान प्रदान गरेका थि । साथै उनले सेवानिवृत्त हुनुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पुर्याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।
News Desk 0 response बिहिबार, असार २५, २०७७


सम्बन्धित शीर्षकहरु

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, गएको १ वर्षमा मात्रै ९१ अर्ब ५९ करोड थपियो
बुधबार, जेष्ठ १, २०८२-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२