• काठमाडौं ।

    लागूऔषध कारोबारमा प्रहरीनै संलग्न भएको पाईएको छ । लागू औषध कारोवारमा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रवहादुर शाही लागूऔषध कारोबारमा संलग्न रहेको भेटिएका हो।

    प्रहरीको लागूऔषध व्युरोले बुधबार ६ सय ५० बोत्तल कोरेक्स बरामद गरेको थियो। उक्त कोरेक्स कारोबारमा शाहीको संलग्नता देखिएको व्युरोले जनाएको छ। लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै उनलाई बिहिबार कार्यालयमै पुगेर व्युरोको टोलीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो ।