

बिवादास्पदहरुले शक्तिकेन्द्रमा चलखेल गर्दा एसपी सरुवामा बिलम्व
नेपाल प्रहरीको बढुवामा आर्थिक प्रभावको आरोप लागिरहेको छ । जुनसकै तहको बढुवामा पनि आर्थिक लेनदेनको असर परेको छ । पछिल्लो समय जिल्ला नेतृत्व गर्ने एसपीहरुको सरुवामा पनि शक्तिकेन्द्र र आर्थिक चलखेलको आरोप लाग्न थालेको छ ।
-
काठमाडौं । नेपाल प्रहरीको बढुवामा आर्थिक प्रभावको आरोप लागिरहेको छ । जुनसकै तहको बढुवामा पनि आर्थिक लेनदेनको असर परेको छ । पछिल्लो समय जिल्ला नेतृत्व गर्ने एसपीहरुको सरुवामा पनि शक्तिकेन्द्र र आर्थिक चलखेलको आरोप लाग्न थालेको छ ।
नेपाल प्रहरीका १३ भन्दा बढी जिल्लाका एसपीको १ बर्ष पुगिसकेको छ । सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीको त १५ महिना नै पुगिसकेको छ । प्रहरी प्रधान कार्यालयले एसपी सरुवाको तयारी गरे पनि विवादित र पटक पटक इन्चार्ज भइसकेकाहरुले चलखेल गरेपछि बिलम्ब भएको स्रोतले बताएको छ । इलाम, धनकुटा, मोरङ, सिरहा, महोत्तरी, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, पाल्पा, सुर्खेत लगायतका जिल्लामा एसपी सरुवाको तयारी भइरहेको छ ।
इटहरी ट्राफिक र बुटवल ट्राफिकका एसपीको पनि १ बर्ष पुगिसकेको छ । तनहुँका विनोद सिलवाल, कास्कीका दानबहादुर कार्की, बाँकेका वीरबहादुर ओली, रुपन्देहीका हेम थापा, कपिलवस्तुका दीपशमशेर राणा, महोत्तरीका श्यामकृष्ण अधिकारीको एक बर्ष पुगिसकेको छ ।
१ बर्ष पुगे पनि मोरङका एसपी विश्व अधिकारीले मुख्यमन्त्री शेरधन राईलाई नै प्रभावमा पारी सरुवा नहुनका लागि लबिङ गर्दैआएको समाचार छ । अधिकारी सिन्धुपाल्चोक बस्दा बिभिन्न आरोप खेपेका अधिकृत हुन् । पहाडी जिल्लाका कनिष्ट प्रहरी लगी घुमुवा राखेर अतिरिक्त कमाइमा तल्लीन उनले मुख्यमन्त्री राईको चाकरी गरी सरुवा रोक्न खोजेको आरोप छ ।
ती जिल्लामध्ये बाँकेमा सरुवा हुनका लागि ओम राना जस्ता विवादित एसपीहरु पनि लागेका छन् । ओम राना उपराष्ट्रपति दिपेश पुन र गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकमार्फत् बाँके सरुवा हुन खोजिरहेका छन् । रसुवामा हुँदा रक्तचन्दन तस्करी गर्नेदेखि सुन ओसारपसार गरेको भनी विवादमा परेका उनी बौद्धदेखि जहाँ रहँदा पनि आर्थिक मामलामा मुछिएका हुन् । तर उनी शक्तिकेन्द्रलाई प्रभावमा पारी पुनः बाँके सरुवा हुने दाउमा छन् । कास्कीमा हुँदा पनि मेडिकल माफिया खुमा अर्याललाई पक्राउ नगरी एकैपटक अदालतमा हाजिर हुने चाँजोपाँजो मिलाएर उनले कुस्त लाभ लिएको आरोप लागेको थियो । सरुवा हुनेहरुको सबैको रोजाइ मोरङ, कास्की र रुपन्देही रहेको छ ।
त्यस्तै, कास्कीमा सरुवा हुनका लागि नवराज अधिकारी रातदिन खानेपानी मन्त्री विना मगरबाट दबाब दिइरहेका छन् । कालिमाटीमा डीएसपी हुँदा क्यासिनो माजोङमा नेपालीलाई जुवा खेलाउन दिएबापत लाभ लिएको बिषय नै सार्वजनिक भएको थियो ।
अख्तियारमा कार्यरत प्रवीण पोखरेल मोरङ, कास्की वा रुपन्देही नै ताकेर बसेका छन् । सन्तोष खड्का पनि एसपी सरुवाको लागि शक्तिकेन्द्र धाउँदैआएका छन् । आइजीपी सचिवालयमा कार्यरत एसपी भूपेन्द्र खत्री पनि असार २४ पछि त्यहाँबाट हट्नुपर्ने भएकाले अहिले नै राम्रो जिल्लामा जाने दाउमा छन् । उनको पनि कास्की र पर्सा नै रोजाइमा छ । पर्साका एसपी गंगा पन्तसँग मुख्यमन्त्री लालबाबु राउत र पर्साका सीडीओ बिष्णुकुमार कार्की सन्तुष्ट नभएकाले उनको विकल्पमा अर्को इन्चार्ज पठाउन आइजीपी ठाकुर ज्ञवालीमाथि दबाब छ । तर यसरी ५ महिनामा सरुवा गर्दा क्यारियरमा असर पर्ने भन्दै उनले टार्दैआएका छन् । पन्तले जिल्लामा इन्स्पेक्टरलाई अगाडि सारी डीएसपीलाई भुमिकाशून्य बनाएको गुनासो छ । एसपीसँग टसल परेपछि डीएसपी वीरेन्द्र शाही सरुवा मागेर हिंडिसकेका छन् ।
कर्मचारी प्रशासनमा बस्दा सिपाही हवल्दारको सरुवामा समेत घुस लिनेदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत हुँदा उजुरी परेकासँग मोलमोलाइ गरेकोमा विवादमा आएका एसपी प्रकाश रानाभाट पनि मोरङ, कास्की, बाँके जस्ता जिल्लाको एसपी हुने दाउमा छन् । उनी इन्चार्जबाट इन्चार्ज हुन लागेका छन् । प्रकाश रानाभाट बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हेटौंडाको प्रमुखबाट पुनः जिल्लाको इन्चार्ज हुनका शक्तिकेन्द्र धाइरहेका छन् । रानाभाटले मोरङकै इन्चार्ज ताकेका छन् । एसपी रानाभाटले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा हुँदा तत्कालीन महानिर्देशक जीवन सिटौलासँग मिलेर उजुरी परेकाहरुसँग मोलमोलाई गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप छ । एसपी रानाभाटले क्यासिनो रोयल प्रकरणमा नक्कली भारतीय नोटका कारोबारी सुनिलजंग रायमाझी, विवादित महिला अन्जली श्रेष्ठ, जयन्ती थापा, बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठसँग मिलेर पचास लाख भन्दा बढी घुस असुली गरी सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरी नै ढिसमिस पारेको आरोप लागेको थियो ।
त्यसो त रौतहटका एसपी रविराज खड्काले पनि सरुवा मागेको स्रोतको दाबी छ । अख्तियारमा बसेर दोब्बर प्रोत्साहन भत्ता खान पल्किएका उनी एसपी हुनासाथ काभ्रेमा सरुवा भए । काभ्रेबाट फेरि अख्तियार नै गए । अख्तियारबाट रौतहटमा सरुवा भएका उनी कोरोना भाइरस महामारी सुरु भएपछि अहिले पुनः सरुवा माग्न थालेको स्रोतले बतायो । २ नम्बर प्रदेशका जिल्लामध्ये रौतहटमा कोरोना महामारी बढी फैलिएको नेपालफेसले लेखेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०७७

सम्बन्धित शीर्षकहरु
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
शुक्रबार, फाल्गुन १, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



