

सीमामा सुरक्षाकर्मी छैनन्, ठूलाबडाको घरमा दर्जनौ सुरक्षाकर्मी तैनाथ
नेपाल प्रहरीले डेढ बर्षअघि भीभीआइपीकोमा पठाइएका सुरक्षाकर्मीमात्र होइन, चालक, भान्सेका रुपमा पठाइएकाहरुलाई फिर्ता गरेको थियो । तर सशस्त्र प्रहरीले चाकडी गर्न फेरि ती भीभीआईपीकोमा सुरक्षाकर्मीदेखि भान्से र सवारी चालक पठाएको समाचार पनि सार्वजनिक भएको थियो । नेपाल प्रहरीले जहाँ जहाँबाट फिर्ता गर्यो, सशस्त्रका आइजीपी शैलेन्द्र खनालले त्यहाँ त्यहाँ गएर नेपाल प्रहरीले फिर्ता गरेछ, म दिन्छु भन्दै पठाएको समाचार सार्वजनिक भएको थियो ।
-
काठमाडौं । कोरोना भाइरसको महामारीमा भारतीय सीमा क्षेत्रबाट मानिसको आवतजावत रोक्न फेरि भीभीआइपीको सुरक्षामा खटिएकाहरुलाई फिर्ता गर्नेबारेमा बहस सुरु भएको छ । पूर्व बिशिष्ट (भीभीआइपी)लाई दिइएको सुरक्षाकर्मी फिर्ताको कुरा पटक पटक उठ्दै सेलाउने गरेको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी)को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेकाले यो बहस सुरु भएको हो । । सुरक्षा खतरा(थ्रेट) नै नभए पनि सानसौकत देखाउन पनि पूर्वमन्त्री, सांसद र बीचौलियाले समेतले बडिगार्डदेखि भान्से र सवारी चालक नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लिने गरेका थिए । त्यसरी अनावश्यक राज्यको सुविधा नदिने प्रस्ताव यसअघि पनि आएको थियो । यस्ता प्रस्ताव पटक पटक आउने तर कार्यान्वयन हुन सकेका छैनन् ।
नेपाल प्रहरीले डेढ बर्षअघि भीभीआइपीकोमा पठाइएका सुरक्षाकर्मीमात्र होइन, चालक, भान्सेका रुपमा पठाइएकाहरुलाई फिर्ता गरेको थियो । तर सशस्त्र प्रहरीले चाकडी गर्न फेरि ती भीभीआईपीकोमा सुरक्षाकर्मीदेखि भान्से र सवारी चालक पठाएको समाचार पनि सार्वजनिक भएको थियो । नेपाल प्रहरीले जहाँ जहाँबाट फिर्ता गर्यो, सशस्त्रका आइजीपी शैलेन्द्र खनालले त्यहाँ त्यहाँ गएर नेपाल प्रहरीले फिर्ता गरेछ, म दिन्छु भन्दै पठाएको समाचार सार्वजनिक भएको थियो ।
त्यसो त खनालले डीआइजी हुँदादेखि नै चाकडी गर्दै नेपाली कांग्रेसका विवादास्पद सांसद अमरेशकुमार सिंहलाई समेत सशस्त्रका भान्से र चालक दिएका थिए । यसबाहेक नेता, मन्त्रीदेखि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई समेत त्यस्तो सुविधा दिइएको छ । आफ्ना बिरुद्ध परेका उजुरीमा नरम भइदिने अपेक्षा सहित सुरक्षा निकायका प्रमुखले नै अख्तियारका आयुक्तलाई समेत त्यस्तो सुविधा दिने गरेको आरोप छ ।
अहिले कोरोना महामारीका बेला सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको हो ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेस गरेका थिए ।
त्यसरी सुविधा लिने पूर्व विशिष्टहरुमा पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, राजनीतिक दलका नेता, पूर्व मन्त्रीहरुको सुरक्षार्थ खटिएका दुई तिहाइ अर्थात ७५ प्रतिशत सुरक्षाकर्मी पनि फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेको छ ।सशस्त्र प्रहरीले त पूर्व्विशिष्ट मात्र होइन, बीचौलियाहरुलाई समेत चालक र भान्से दिने गरेको स्रोत बताउँछ । सशस्त्र प्रहरीको जनशक्तिको यति धेरै दुरुपयोग भइरहेको छ कि बीचौलियाहरु सुवास राई, नरेश भट्ट जस्ताले पनि पाउने गरेका छन् । जो राज्यका कुनै पदमा छैनन् । उनीहरुलाई चालक र भान्सेका अलावा सशस्त्रले इन्धन समेत दिने गरेको स्रोत बताउँछ ।
News Desk 0 response शनिबार, बैशाख ६, २०७७


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन..
शुक्रबार, बैशाख १२, २०८२