

-
हेटौँडा । प्रदेश सरकारले स्थापना गरेको वाग्मती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकम जम्मा गरेको छ ।
कार्यालयले कोषमा मुख्यमन्त्री एवं सम्पूर्ण मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यालयका कर्मचारीबाट सात लाख ६४ हजार ७७ जमा गरेको हो । मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार, स्वकीय सचिव तथा सचिवालयका कर्मचारीका तर्फबाट पाँच लाख ९० हजार २३३, कार्यालयका कर्मचारीका तर्फबाट एक लाख ७३ हजार ८४४ जमा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देविप्रसाद गौतमले जानकारी दिएका छन् ।
यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारको एक महिनाको सुविधाबापतको रकम र कर्मचारीको पदअनुसार ३, ५ र ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो ।
कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले ५० करोडको कोष निर्माण गरेको थियो । कोषमा निजी क्षेत्रबाट एक करोडभन्दा बढी रकम जमा भइसकेको जनाइएको छ । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नं १३००५०३०००००२ मा रकम जमा गर्न सकिने लेखा अधिकृत गौतमले जानकारी दिएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २७, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



