

-
हेटौँडा । प्रदेश सरकारले स्थापना गरेको वाग्मती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकम जम्मा गरेको छ ।
कार्यालयले कोषमा मुख्यमन्त्री एवं सम्पूर्ण मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यालयका कर्मचारीबाट सात लाख ६४ हजार ७७ जमा गरेको हो । मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार, स्वकीय सचिव तथा सचिवालयका कर्मचारीका तर्फबाट पाँच लाख ९० हजार २३३, कार्यालयका कर्मचारीका तर्फबाट एक लाख ७३ हजार ८४४ जमा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देविप्रसाद गौतमले जानकारी दिएका छन् ।
यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारको एक महिनाको सुविधाबापतको रकम र कर्मचारीको पदअनुसार ३, ५ र ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो ।
कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले ५० करोडको कोष निर्माण गरेको थियो । कोषमा निजी क्षेत्रबाट एक करोडभन्दा बढी रकम जमा भइसकेको जनाइएको छ । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नं १३००५०३०००००२ मा रकम जमा गर्न सकिने लेखा अधिकृत गौतमले जानकारी दिएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१