

-
ललितपुर । गोदावरी नगरपालिकाले कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिका प्रमुख गजेन्द्र महर्जनले उक्त रोगबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सो योजना अघि बढाइएको बताए । उनले भने, “हाल कोरोना भइरसका कारण पूरै देश लकडाउन भइरहेको अवस्थामा उक्त रोगसम्बन्धी उपचार, रोकथाम, जनचेतना फैलाउने कार्यमा नगर क्षेत्रभित्र खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सो रोगबाट सङ्क्रमित भई उपचार गर्नुपरेमा हामीले निःशुल्क उपचार गर्ने समेत निर्णय गरेका हौँ ।”
मुलुकमा लकडाउन अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोलटोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन दिने निर्णय पनि नगरपालिकाले गरेको छ । यसैगरी गोदावरीले आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन रु ५०० का दरले प्रोत्साहनभत्ता उपलब्ध गराउने निर्णय गरेको महर्जनले जानकारी दिए । नगरपालिकाले दिनानुदिन बढिरहेको जोखिमलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित राख्न अत्यावश्यक कामका लागि प्रत्येक वडालाई रु दुई लाख बराबरको खर्च दिने निर्णय गरेको छ ।
यसैगरी गोदावरीले लकडाउनको समयमा यहाँ रहेका अपाङ्गता भएका महिला, छ महिनासम्मको सुत्केरी, दैनिक ज्याला मजदुरी गरी यसैबाट जीवन निर्वाह गर्न बाध्य श्रमिक तथा मजदुर र एकल महिलाको विवरण सङ्कलन गरी विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको बताइएको छ ।
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सरकारी नियुक्ति दिलाए
सोमवार, मंसिर ९, २०८२-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



