-
ठिनी । कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ पर्यटकलाई दुई दिन गरी उद्धार गरी काठमाडौँ पठाइएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तीन दिनको अवधिमा ती पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्चुगल, बेलायत, युक्रेन, न्यूजील्याण्डलगायतका मुलुकका पर्यटकलाई बसमार्फत पोखरा हुँदै काठमाडौँ पठाइएको हो । मुस्ताङमा बाँकी रहेका अन्य पर्यटकको स्वास्थ जाँच भई मुस्ताङकै होटलमा राखिएको प्रजिअ अर्यालले जानकारी दिए ।
“कोरोनाको सतर्कतासँगै मुस्ताङ भित्रने सडकमा पूर्णरूपमा रोक लगाइएको छ, तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटक यही नै अलपत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदूतावाससँगको समन्वयमा उनीहरुलाई उद्धार गरी पठाएका हौँ”, प्रजिअ अर्यालले भने । हाल बाँकी ६८ पर्यटकलाई अर्को सूचना नआउन्जेल मुस्ताङमै राखिने बताए । अलपत्र परेका पर्यटकलाई नेपाल सरकारले तत्काल उद्धार गरी आफ्नो गतव्यमा पुर्याउनुपर्ने सियु लज लेतेका प्रोपाइटर अमित तुलाचनले बताए । रासस
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१