

-
ठिनी । कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ पर्यटकलाई दुई दिन गरी उद्धार गरी काठमाडौँ पठाइएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तीन दिनको अवधिमा ती पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्चुगल, बेलायत, युक्रेन, न्यूजील्याण्डलगायतका मुलुकका पर्यटकलाई बसमार्फत पोखरा हुँदै काठमाडौँ पठाइएको हो । मुस्ताङमा बाँकी रहेका अन्य पर्यटकको स्वास्थ जाँच भई मुस्ताङकै होटलमा राखिएको प्रजिअ अर्यालले जानकारी दिए ।
“कोरोनाको सतर्कतासँगै मुस्ताङ भित्रने सडकमा पूर्णरूपमा रोक लगाइएको छ, तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटक यही नै अलपत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदूतावाससँगको समन्वयमा उनीहरुलाई उद्धार गरी पठाएका हौँ”, प्रजिअ अर्यालले भने । हाल बाँकी ६८ पर्यटकलाई अर्को सूचना नआउन्जेल मुस्ताङमै राखिने बताए । अलपत्र परेका पर्यटकलाई नेपाल सरकारले तत्काल उद्धार गरी आफ्नो गतव्यमा पुर्याउनुपर्ने सियु लज लेतेका प्रोपाइटर अमित तुलाचनले बताए । रासस
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
शुक्रबार, बैशाख ४, २०८३ -
स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा
शुक्रबार, बैशाख ४, २०८३ -
ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने..
शुक्रबार, बैशाख ४, २०८३
-
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
शुक्रबार, बैशाख ४, २०८३ -
स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा
शुक्रबार, बैशाख ४, २०८३ -
ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने..
शुक्रबार, बैशाख ४, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२



