

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत भटाभट नियुक्ति
निमित्त प्रमुखले दैनिक प्रशासनिक बाहेक अरु काम गर्न नसक्ने भएकाले मन्त्रालयले प्रतिस्पर्धाका आधारमा सिफारिस गरेपछि मन्त्रिपरिषदले संस्थानहरुमा रिक्त कार्यकारी निर्देशक, महाप्रबन्धक र अध्यक्ष नियुक्त गरेको छ ।
-
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका संस्थानहरुले नेतृत्व पाएका छन् । कृषि अन्तर्गतका अधिकांश संस्थानहरु लामो समयदेखि निमित्तका भरमा चल्दैआएका थिए ।
निमित्त प्रमुखले दैनिक प्रशासनिक बाहेक अरु काम गर्न नसक्ने भएकाले मन्त्रालयले प्रतिस्पर्धाका आधारमा सिफारिस गरेपछि मन्त्रिपरिषदले संस्थानहरुमा रिक्त कार्यकारी निर्देशक, महाप्रबन्धक र अध्यक्ष नियुक्त गरेको छ । २०७६ फागुन १८ को मन्त्रिपरिषदले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल र राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा। राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।
त्यसैगरी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्षमा गोपालप्रसाद पोखरेल र कार्यकारी निर्देशकमा डा। विष्णुप्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्षमा शशीराज तुलाधर र महाप्रबन्धकमा नेत्रबहादुर भण्डारीलाई नियुक्त गरेको छ । कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन् ।
यसअघिका कृषि मन्त्री चक्रपाणि खनालको कार्यकालमा यी चारै संस्थान र बोर्डमा प्रमुख नियुक्ति हुन सकेको थिएन । घनश्याम भूसाल कृषि मन्त्रीमा नियुक्त हुनासाथ मन्त्रालय अन्तर्गतका संस्थान, बोर्ड, परिषदहरुमा रिक्त पदमा नियुक्ति गर्ने प्रक्रिया सुरु गरेका थिए ।
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



