

-
काठमाडौँ । राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णयानुसार ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ शीर्षकमा पहिलो संवादको शृङ्खला आरम्भ गर्न प्रारम्भिक एवं व्यवस्थापकीय तयारी प्रायः पूरा भइसकेका बेला विश्वव्यापीरुपमा नै कोरोना भाइरसको सङ्क्रमणको त्रास बढेकाले आइतबारको मन्त्रिपरिषद् बैठकले विश्वस्तरको उक्त संवादका सबै कार्यक्रम स्थगन गरेको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नै मन्त्रालयमा पत्रकारमाझ “दश देशबाट उच्च राजनीतिकस्तर, २० राष्ट्रका नीतिनिर्माणको उच्च तहमा रहेका पदाधिकारी, विश्वविद्यालय, शोध तथा अनुसन्धान प्रतिष्ठानका विद्वान्विदुषी, संयुक्त राष्ट्रसङ्घ र त्यसका विशिष्टिकृत निकाय र अन्तरराष्ट्रिय सङ्घसंस्थाका उच्च अधिकारीले संवादमा सहभागी हुन निश्चित गर्नुभएकामा हामी उत्साहित थियौँ तर विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को उच्च जोखिममा नेपाल पनि परेको घोषणा गर्दै विशेष सतर्कता अपनाउन आह्वान गरेकाले हाललाई सगरमाथा संवादका सम्पूर्ण कार्यक्रम स्थगन भएको जानकारी गराउँछु,” भन्नुभयो ।
सरकारले निकट दुवै छिमेकी, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक), ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरेको थियो ।
पर्वतीय मुलुक र सामुद्रिक टापुका मुलुकमा जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा पर्दै आइरहेका, उच्च अवस्थितिका कारणले हिन्दूकुश हिमालय जस्ता उच्च पर्वतमालामा जलवायु परिवर्तनको असर पृथ्वीका अन्य क्षेत्रमा भन्दा चाँडो र तीव्रगतिमा परिरहेको यथार्थ र त्यस विषयमा नेपालले उठाएको संवादको शीर्षकप्रति ऐक्यबद्धता जनाउँदै संवादमा आउने उत्कट अभिलाषा आमन्त्रित व्यक्तिहरूले व्यक्त गरेको जानकारी सगरमाथा संवाद आयोजक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री ज्ञवालीले दिनुभयो । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



