

-
काठमाडौं ।
सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयताबापत नेपाली कांग्रेस अहिले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरूको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित संख्या तोकेरै भाग लगाइयोस् ।’
News Desk 0 response बुधबार, माघ १५, २०७६
सभामुख निर्वाचनको पूर्वसन्ध्यामा, अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले त्रिविबाहेक ६ विश्वविद्यालयका उपकूलपति नियुक्ति ‘मिलेर गर्नुपर्छ’ भन्ने अडान राखे पनि नाम किटेका छैनन् । कहाँ के गर्न सकिन्छ गृहकार्य गरेर फेरि बस्ने सहमतिमा शनिबारको बसाईं टुंगिएको छ । सत्तारुढ नेकपाभित्र भएको सल्लाहअनुसार सामान्यतया ६ जना उपकूलपतिमा कांग्रेसलाई दुई दिनेबारे अबको छलफल चलाइने छ । तर, कुन विश्वविद्यालय भन्नेमा पहिला देउवाकै कुरा सुन्ने र निर्णयमा पुग्ने नेकपास्रोतले जनाएको छ । अनुमान छ– देउवाले सुदूरपश्चिम विश्वविद्यालय नछोड्लान् । यसबाहेक संवैधानिक परिषद्को बैठकबाट टुंगो लाग्नुपर्ने विभिन्न नियुक्तिमा पनि कांग्रेसले भाग खोजेको छ ।
संवैधानिक परिषद्को बैठक उपसभामुख टुंगो लगाएपछिमात्रै बस्ने भएको अवस्था छ । उपसभामुखमा कांग्रेस र राजपा दुबै दावेदार हुन् । तर, कसलाई दिने भन्नेमा सत्तारुढ नेकपा अझै टुंगोमा पुगेको छैन । राजपाले ३ मन्त्री मागेमध्ये १ उपसभामुख र २ मन्त्रालय अनि १ राज्यमन्त्री पाउने सम्भावना रहेको बताइन्छ ।

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सरकारी नियुक्ति दिलाए
सोमवार, मंसिर ९, २०८२
सिमराको स्थिति सामान्य बन्दै, शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न गृह मन्त्रालयको आग्रह
बिहिबार, मंसिर ५, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



