१४ दिनपछि प्रहरी प्रमुख हुने यस्तो छ अंक गणित
यी तीन डी डीआईजीपी मध्येबाट ज्ञवाली नै बरिष्ठ हुन् । केपी ओली नेतृत्वको सरकारले खनाललाई पनि बरिष्ठताका आधारमै आइजीपी नियुक्त गरेकाले ज्ञवाली नै भावी प्रहरीको नेतृत्वमा पुग्ने कुरा अनुमान गरिएको छ ।
-
काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको अबकाशपछि डीआईजीपीत्रय ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय आइजीपीका दाबेदार हुन् । खनाल २०७६ माघ २८ मा अवकाश हुँदैछन् ।
यी तीन डी डीआईजीपी मध्येबाट ज्ञवाली नै बरिष्ठ हुन् । केपी ओली नेतृत्वको सरकारले खनाललाई पनि बरिष्ठताका आधारमै आइजीपी नियुक्त गरेकाले ज्ञवाली नै भावी प्रहरीको नेतृत्वमा पुग्ने कुरा अनुमान गरिएको छ ।
ज्ञवाली आइजीपी भएमा उनको कार्यकाल ४ महिना २४ दिनमात्र हुनेछ । ३० बर्षे सेवावधि हटेमा उनले ३ बर्ष नै आइजीपी सम्हाल्नेछन् । ३० बर्षे सेवावधिको प्रावधान नहटेमा उनी आगामी २०७७ असार २४ मा अवकाश हुनेछन् । उनीपछि आइजीपीका दाबेदारहरुमा डीआईजीपीहरु शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्रद्युम्न कार्की, निरजबहादुर शाही हुन् । बरिष्ठताका आधारमा थापा आइजीपीका दाबेदार भए पनि यो समूहमा सबै काबिल डीआइजीहरु भएकाले चर्को प्रतिस्पर्धा रहेको छ । यो समूहका डीआइजीहरुमा क्षमता र पहु“चका हिसाबले पनि रोचक प्रतिस्पर्धा छ ।
यो समूहलाई नै उछिनेर आइजीपी महानगरीय आयुक्त डीआईजीपी विश्वराज पोखरेलले बाजी मारे भने पनि अन्यथा हुने छैन । आफ्नो समूहका सबैलाई उछिनेर डीआइजी पदमा बढुवा भएका उनी अघिल्लो समूहका शैलेश थापा र हरि पालहरुलाई नै उछिनेर प्रहरीको नेतृत्वमा पुग्ने सम्भावना पनि छ । शैलेश थापाको समूहबाट आइजीपी भएमा २०७९ बैशाखसम्म नै कार्यकाल हुनेछ ।
त्यसबीचमा डीआइजी पोखरेल उमेरका कारण एआइजीबाटै अवकाश हुनेछन् । उमेरका कारण छिटो अवकाश हुने रहेकाले थापा र पालको समूहलाई उछिनेर आइजीपी हुने सम्भावना पनि छ । शैलेश थापा क्षेत्री र विश्वराज पोखरेलको जन्ममिति २०२३ साल हो । पोखरेल २०२३ माघमा जन्मिएका हुन् । थापाको समूहका ४ डीआइजीमध्येबाट आइजीपी भएमा पोखरेलको आइजीपी हुने संभावना अन्त्य हुनेछ । हरि पालको जन्ममिति २०२५ र शाहीको २०२६ हो ।
एआइजी बढुवामा पनि पोख्रेललाई बढी नै सकस छ । २०७६ माघ २८ मा सर्वेन्द्र खनाल, पुस्कर कार्की र ठूले राई अवकाश भएपछि ज्ञवालीको समूहबाट तारिणी लम्साल र सूर्य उपाध्याय एआइजीका दाबेदार हुन् । त्यसपछिको समूहका शैलेश थापा, हरि पाल, प्रद्युम्न कार्की र निरज शाही छन् । डीआइजी पोखरेल यिनीहरुभन्दा कनिष्ट हुन् । एआइजीका पदमा अघिल्लो दुई समूहकै ६ जना भएकाले पोखरेलको बढुवाका लागि महाभारत कै स्थिति रहेको साघुले लेखेको छ ।
News Desk 0 response मङ्लबार, माघ १४, २०७६
सम्बन्धित शीर्षकहरु
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित !
शुक्रबार, पुस १९, २०८१हर्कराज राई प्रतिनिधिसभाको सचिव नियुक्त
मङ्लबार, पुस १६, २०८१-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१