-
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आज यहाँ एकीकृत भन्सार जाँचचौकीको स्वीच अन गरेर उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले काठमाडौँ र उहाँका समकक्षी मोदीले नयाँदिल्लीमा आज बिहान ११ः१५ मा रिमोट कन्ट्रोलबाट चौकीको उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत भन्सार जाँचचौकीले नेपाल र भारतबीचको व्यापार विस्तार गर्न मद्दत पुग्ने बताउँदै यसबाट दुवै देशको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले नेपालले भारतसँग विकासमा साझेदारी गर्न चाहेकामा पनि जोड दिनुभयो । उहाँले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभयो ।
भिडियो कन्फ्रेन्सबाटै भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, अखण्डता र समृद्धिको कामना गर्नुभयो । नवनिर्मित चौकीले व्यापार, संस्कृति र शिक्षा क्षेत्रमा सुगमता ल्याउने विश्वास गर्दै प्रधानमन्त्री मोदीले गोरखा भूकम्पबाट भत्किएका निजी घरको पुनःनिर्माणमा भारत सरकारले निरन्तरता दिने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको निम्तो पनि स्वीकार गर्नुभयो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले नवनिर्मित चौकीले नेपाल भारतबीचको व्यापारमा अत्यन्त सुविधा पुग्ने तथा नेपालमा उत्पादन लागत कम हुने र रोजगारी एवं व्यापारमा सुगमता आउने धारणा राख्नुभयो ।
एकीकृत भन्सार जाँचचौकी आजदेखि सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालय छोटी भन्सार कार्यालय हुने छ । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा बनाइएको छ ।
चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । भारत, अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा चौकी निर्माण गर्न ठेक्कामा लिएका थिए ।
विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ । विविध कारणले निर्माणमा ढिलो भए पनि अगामी केही दिनमै सो जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले बताउनुभयो । उहाँले भन्सारका हरेक गतिविधि व्यवस्थित गर्न चौकीले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव नवराज ढकाल,सांसद शिवकुमार मण्डल, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र भारतीय राजदूतावासका प्रथम सचिव प्रजीतसिंह गुलाटीले जाँचचौकीले नेपाल र भारतको व्यापारमा सरलता ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो । रासस
News Desk 0 response मङ्लबार, माघ ७, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१