झनै बिवादित संघीय निजामती सेवासम्बन्धी विधेयक
संसदको राज्य व्यवस्था समितिमा पटकपटक छलफल भए पनि विधेयकमा सहमति जुट्नुको साटो नयाँनयाँ विवाद बल्झिँदै छन् । पुसको सुरूमै विवादित विषय टुङ्ग्याएर समितिबाट संसदमा पठाउने भनिएको यस विधेयकको एउटा मुख्य विवाद हो, सचिवमा क्लस्टर प्रणाली कायम राख्ने कि हटाउने भन्ने हो ।
-
काठमाडौ ।
२०७५ माघ २७ गते प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवासम्बन्धी विधेयक टुङ्गोमा पुग्नुको सट्टा झन् विवादमा तानिएको छ । संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहको सरकार सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने विधेयक नै संसदमा बन्धक बनाएर राख्दा सबै तहको जनशक्ति व्यवस्थापन अस्तव्यस्त छ ।
संसदको राज्य व्यवस्था समितिमा पटकपटक छलफल भए पनि विधेयकमा सहमति जुट्नुको साटो नयाँनयाँ विवाद बल्झिँदै छन् । पुसको सुरूमै विवादित विषय टुङ्ग्याएर समितिबाट संसदमा पठाउने भनिएको यस विधेयकको एउटा मुख्य विवाद हो, सचिवमा क्लस्टर प्रणाली कायम राख्ने कि हटाउने भन्ने हो । गत साल तत्कालीन स्वास्थ्य सचिव पुष्पा चौधरीलाई सरकारले प्रधानमन्त्री कार्यालयमा सरूवा गरेपछि सर्वोच्च अदालतले बेग्लै समूहमा सरूवा गर्न नपाउने भन्दै बदर गरिदिएको थियो । त्यसपछि सचिव पनि सरूवा गर्न नपाउने रु भन्दै सरकारले समूह प्रणाली नै हटाउने अडान लिएको थियो । तर समितिका प्रायः सदस्य भने यही प्रणाली कायम राख्ने पक्षमा छन् । समिति र विभागीय मन्त्रालयबीच मत बाझिएकाले यो विषय तत्काल टुंगो लाग्ने छाँट छैन ।
त्यस्तै, प्रदेश मुख्य सचिव र स्थानीय तहको प्रशासकीय अधिकृत संघीय सरकार मातहत नै रहनुपर्ने विधेयकमा प्रस्तावित छ । तर समितिमा त्यो अधिकारबारे पनि विवाद छ । यति मात्र हैन, विधेयकमा आरक्षणको विषय पनि टुङ्गोमा पुग्न सकेको छैन ।
News Desk 0 response आइतवार, माघ ५, २०७६
प्रदेश र स्थानीय निजामती ऐन, प्रदेश लोक सेवा सञ्चालन र समग्र कर्मचारीको भविष्य बोल्ने संघीय निजामती ऐन प्रदेश र प्रतिनिधिसभाको चुनावअघि नै बनिसक्नुपर्ने थियो । अति नै ढिला गरी गत वर्ष संसदमा ल्याइए पनि अन्योल झन् बढिरहेको छ ।
सम्बन्धित शीर्षकहरु
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित !
शुक्रबार, पुस १९, २०८१हर्कराज राई प्रतिनिधिसभाको सचिव नियुक्त
मङ्लबार, पुस १६, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१