

चीनबाट अनुदान र सहुलियत ऋणमा ल्याइएका पाँचवटा नयाँ जहाज ग्राउन्डेड
चीनबाट अनुदान र सहुलियत ऋणमा ल्याइएका ५८ सिटे ४ वटा वाई १२ र १९ सिट क्षमताका २ वटा एमए ६० जहाजमध्ये एउटा एमए ६० मात्रै सञ्चालनमा छ । अरु सबै ५ वटा जहाज त्यसै थन्किएका छन् । सुरूदेखि नै कुनै न कुनै बहानामा बिमानस्थलकै ह्यांगरमा थन्क्याइका यी विमान पछिल्लो समय प्राविधिक गडबडी, दक्ष र अनुभवी चालकको अभाव, जहाजका पुर्जा नेपाल ल्याउन झन्झटिलो प्रक्रिया लगायत कारणले चलाउन छाडिएका हुन् ।
-
काठमाडौं ।
नेपाल वायु सेवा निगमका पाँचवटा नयाँ जहाज ग्राउन्डेड छन् । अहिले १३ वटा जहाजले मात्र उडान भरिरहेका छन् । चीनबाट अनुदान र सहुलियत ऋणमा ल्याइएका ५८ सिटे ४ वटा वाई १२ र १९ सिट क्षमताका २ वटा एमए ६० जहाजमध्ये एउटा एमए ६० मात्रै सञ्चालनमा छ । अरु सबै ५ वटा जहाज त्यसै थन्किएका छन् । सुरूदेखि नै कुनै न कुनै बहानामा बिमानस्थलकै ह्यांगरमा थन्क्याइका यी विमान पछिल्लो समय प्राविधिक गडबडी, दक्ष र अनुभवी चालकको अभाव, जहाजका पुर्जा नेपाल ल्याउन झन्झटिलो प्रक्रिया लगायत कारणले चलाउन छाडिएका हुन् । पछिल्लोपल्ट सेफ्टी कन्ट्रोल लगायतका प्राविधिक समस्यापछि विमान थन्क्याउनुपरेको बताइएको छ । आन्तरिक उडानमा प्रयोग भएका यी विमान मर्मतका लागि सरकारले पहल नगर्ने र चिनियाँ विमान निर्माता कम्पनी एभिक एयरले पनि सहयोगी भूमिका नदेखाउने गरेको निगमको गुनासो छ । जी टु जी प्रक्रियाबाट ल्याइएका भएकाले विमान मर्मतमा पर्यटन मन्त्रालय नै अग्रसर हुनुपर्ने निगम पदाधिकारीको भनाइ छ । यता मन्त्रालय स्रोतका अनुसार, विमान अपरेटर र इन्जिनियर उपलब्ध गराउन बारम्बार ताकेता गर्दा पनि चीनले बेवास्ता गरेको छ । एक अर्कालाइ दोषारोपणको सिलसिला चलिरहँदा ग्राउन्डेड जहाज कहिलेबाट चल्ल्छन् भन्ने प्रश्नमा निगम व्यवस्थापन नाजवाफ देखिन्छ ।
साढे तीन अर्बभन्दा बढी लागतका जहाजमा चिनियाँ एक्जिम बैंकको ऋण लगानी छ, जसको १० प्रतिशत रकम चुक्ता गर्न बाँकी छ । निगमको १९ सिटे डीसीएच ६ विमान क्यानाडाबाट खरिद गरेको ३० वर्षसम्म पनि चलिरहेको छ । विमान ग्रान्डेड हुनै नदिन क्यानाडाले इन्जिनियर र प्राविधिकको टोली तयारी अवस्थामा राख्ने गरेको छ । तर चीनबाट ल्याएको छोटो समयमै वाई १२ र एमए ६० थन्किँदा पनि एभिक एयरले केही समय मात्र प्राविधिकको टोली राखेर चाँडै फिर्ता बोलायो ।
News Desk 0 response शुक्रबार, माघ ३, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


