

चीनबाट अनुदान र सहुलियत ऋणमा ल्याइएका पाँचवटा नयाँ जहाज ग्राउन्डेड
चीनबाट अनुदान र सहुलियत ऋणमा ल्याइएका ५८ सिटे ४ वटा वाई १२ र १९ सिट क्षमताका २ वटा एमए ६० जहाजमध्ये एउटा एमए ६० मात्रै सञ्चालनमा छ । अरु सबै ५ वटा जहाज त्यसै थन्किएका छन् । सुरूदेखि नै कुनै न कुनै बहानामा बिमानस्थलकै ह्यांगरमा थन्क्याइका यी विमान पछिल्लो समय प्राविधिक गडबडी, दक्ष र अनुभवी चालकको अभाव, जहाजका पुर्जा नेपाल ल्याउन झन्झटिलो प्रक्रिया लगायत कारणले चलाउन छाडिएका हुन् ।
-
काठमाडौं ।
नेपाल वायु सेवा निगमका पाँचवटा नयाँ जहाज ग्राउन्डेड छन् । अहिले १३ वटा जहाजले मात्र उडान भरिरहेका छन् । चीनबाट अनुदान र सहुलियत ऋणमा ल्याइएका ५८ सिटे ४ वटा वाई १२ र १९ सिट क्षमताका २ वटा एमए ६० जहाजमध्ये एउटा एमए ६० मात्रै सञ्चालनमा छ । अरु सबै ५ वटा जहाज त्यसै थन्किएका छन् । सुरूदेखि नै कुनै न कुनै बहानामा बिमानस्थलकै ह्यांगरमा थन्क्याइका यी विमान पछिल्लो समय प्राविधिक गडबडी, दक्ष र अनुभवी चालकको अभाव, जहाजका पुर्जा नेपाल ल्याउन झन्झटिलो प्रक्रिया लगायत कारणले चलाउन छाडिएका हुन् । पछिल्लोपल्ट सेफ्टी कन्ट्रोल लगायतका प्राविधिक समस्यापछि विमान थन्क्याउनुपरेको बताइएको छ । आन्तरिक उडानमा प्रयोग भएका यी विमान मर्मतका लागि सरकारले पहल नगर्ने र चिनियाँ विमान निर्माता कम्पनी एभिक एयरले पनि सहयोगी भूमिका नदेखाउने गरेको निगमको गुनासो छ । जी टु जी प्रक्रियाबाट ल्याइएका भएकाले विमान मर्मतमा पर्यटन मन्त्रालय नै अग्रसर हुनुपर्ने निगम पदाधिकारीको भनाइ छ । यता मन्त्रालय स्रोतका अनुसार, विमान अपरेटर र इन्जिनियर उपलब्ध गराउन बारम्बार ताकेता गर्दा पनि चीनले बेवास्ता गरेको छ । एक अर्कालाइ दोषारोपणको सिलसिला चलिरहँदा ग्राउन्डेड जहाज कहिलेबाट चल्ल्छन् भन्ने प्रश्नमा निगम व्यवस्थापन नाजवाफ देखिन्छ ।
साढे तीन अर्बभन्दा बढी लागतका जहाजमा चिनियाँ एक्जिम बैंकको ऋण लगानी छ, जसको १० प्रतिशत रकम चुक्ता गर्न बाँकी छ । निगमको १९ सिटे डीसीएच ६ विमान क्यानाडाबाट खरिद गरेको ३० वर्षसम्म पनि चलिरहेको छ । विमान ग्रान्डेड हुनै नदिन क्यानाडाले इन्जिनियर र प्राविधिकको टोली तयारी अवस्थामा राख्ने गरेको छ । तर चीनबाट ल्याएको छोटो समयमै वाई १२ र एमए ६० थन्किँदा पनि एभिक एयरले केही समय मात्र प्राविधिकको टोली राखेर चाँडै फिर्ता बोलायो ।
News Desk 0 response शुक्रबार, माघ ३, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१