-
चितवन । माघे सङ्क्रान्ति मेलामा सुरक्षा दिएर फर्कने क्रममा दुर्घटनामा परी घाइते भएका प्रहरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज अस्पतालमा पुगेर भेट गर्नुभएको छ । खनालले चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुलाई भेट्नु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा १४ जना घाइते प्रहरी उपचाररत रहेका छन् । उनीहरुको अवस्थाको बारेमा प्रत्यक्ष भेट गरी खनालले जानकारी लिनुभएको हो । सो क्रममा उहाँले उपचारमा संलग्न चिकित्सकसँग पनि भेट गर्नुभएको थियो । उहाँले उपचारमा कुनै कसर बाँकी नराखी काम गर्न अस्पतालका चिकित्सकलाई अनुरोध गर्नुभएको कोइरालाले जानकारी दिनुभयो ।
कोइरालाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएका अन्य १४ जना उपचारपछि घर फर्किएका छन् । पवित्र तीर्थस्थल देवघाट धाममा सुरक्षा दिएर फर्कंदै गरेको नेपाल प्रहरीको गाडी माघ १ गते साँझ दासढुङ्गाको तनहुँतर्फ दुर्घटनामा परेको थियो । सो गाडी जिल्ला प्रहरी कार्यालय तनहुँ तर्फ जाने क्रममा दुर्घटनामा परेको हो । घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको थियो । रासस
News Desk 0 response शुक्रबार, माघ ३, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन
आइतवार, पुस २८, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१