-
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफू एकदिन भए पनि मकर सङ्क्रान्तिका अवसरमा बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताउनुभयो । नेपाल बाल सङ्गठनका बालबालिकाले शीतल निवास परिसर र राष्ट्रपति निवास अवलोकनपछि आयोजित कार्यक्रममा विभिन्न गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए । यसैगरी पद्मकन्या बहुमुखी क्याम्पसका छात्राले पनि विशेष नृत्य प्रस्तुत गरेका थिए । शीतल निवासमा बालबालिकालाई माघी पर्वमा खाइने मिष्ठान्न भोजन गराइएको थियो ।
विगतमा माघीका अवसरमा राजनीतिक दलका नेतासँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउने गर्नुभएको छ । बालबालिकाको हितका लागि राष्ट्रको ध्यान खिंचियोस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको जनाइएको छ । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१