

-
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति तथा माघीपर्व–२०७६ र यले संवत् ५०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मकर सङ्क्रान्ति, माघीपर्व तथा यले संवत्लाई विभिन्न समुदायले आफ्नो मुख्य पर्व र वर्षको रुपमा हर्षाेल्लासपूर्वक धुमधामले मनाउने गरिएको छ ।”
मुख्यमन्त्री राईले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व छन् र यी पर्वले नयाँ उमङ्ग र उत्साहसाथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
“तरुललगायतका कन्दमुल, घ्यूचाकु तिलको लड्डु र खिचडीलगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुशी साटासाट गरी मनाइने यस चाडले हामी नेपालीबीच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । ”
मुख्यमन्त्री राईले यस्ता चाडले नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१