

-
काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार अपरान्हबाट नेपालको पश्चिमी भू–भागमा प्रवेश गरेको उक्त प्रणालीको प्रभावले देशको पश्चिमी भू–भागका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
“सो नयाँ प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा आज बेलुकासम्म कायम रहने छ”, मौसमविद् मानन्धरले भन्नुभयो । भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने बताइएको छ ।
हाल पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूरपश्चिमका उच्च पहाडी भू–भागका धेरैजसो स्थानमा हल्का वर्र्षा र हिमपात भइरहेको जनाएको छ । राति देशका पश्चिमी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ।
भोलि देशकको पहाडी भू–भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । बिहीबार देशको पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम १९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज दाङ, दिपालय र नेपालगञ्जको न्यूनतम तापक्रम माइनसमा झरेको छ । रासस
News Desk 0 response मङ्लबार, पुस २९, २०७६

सम्बन्धित शीर्षकहरु
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ स् प्रधानमन्त्री कार्की
बिहिबार, मंसिर १९, २०८२
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



