

सरकारी जग्गा ब्यक्तिलाई दिलाए बापत कर्मचारीलाई बीस रोपनी
अख्तियारको अनुसन्धानले देखाए अनुसार मालपोतका कर्मचारीदेखि सिडिओसम्मले यसरी बालुवाटारकै जग्गा घुसबापत लिएका हुन् । राणा परिवारबाट कर्मचारीहरूले ‘बकस’बापत आफन्तको नाममा जग्गा लिएको छानबिनबाट खुलेको हो ।
-
काठमाडौं ।
सरकारले अधिग्रहण गरेको बालुवाटारको जग्गा नक्कली कागजपत्र बनाएर फिर्ता गरी बिक्री गर्दा कर्मचारीलाई मात्र २० रोपनी जग्गा घुस दिएको खेलेको छ । अख्तियारको अनुसन्धानले देखाए अनुसार मालपोतका कर्मचारीदेखि सिडिओसम्मले यसरी बालुवाटारकै जग्गा घुसबापत लिएका हुन् । राणा परिवारबाट कर्मचारीहरूले ‘बकस’बापत आफन्तको नाममा जग्गा लिएको छानबिनबाट खुलेको हो । राणा परिवारबाट बकसका नाममा कर्मचारीका आफन्तको नाममा आएको जग्गालाई अनुसन्धानले ‘घुस’ भएको ठहर गरेको छ । मालपोतका कर्मचारी युद्धबहादुर श्रेष्ठ, पूर्वनिर्वाचन आयुक्तसमेत रहेका सुधीर शाह, जमरजंग कम्पनीका विनोदकुमार पौडेललगायतले घुसबापत जग्गा नै लिएका हुन् ।
‘जसले जग्गा लिएका छन्, उनीहरूको राणा परिवारसँग कुनै चिनजान छैन,’ अनुसन्धानमा आबद्ध अख्तियारका एक अधिकारीले भने, ‘चिनजान नै नभएको व्यक्तिले कसरी दिन सम्भव छ ।’ त्यसरी जग्गा लिने सबैलाई अख्तियार र सिआइबीले बयानमा बोलाएका थिए । बयानका क्रममा उनीहरूले कतिपय चिनजान भएको भनेर ढाँट्ने प्रयास गरेको र केहीले खरिद गरेको बताएका छन् । पूर्वनिर्वाचन आयुक्त शाहकी श्रीमती उर्मिलाले राणा परिवारसँग आफूले त्यो जग्गा खरिद गरेको बयान दिएकी छिन् । शाह मालपोतमा उपसचिव हुँदा सो जग्गा श्रीमतीको नाममा गएको थियो ।
मालपोतका कर्मचारी युद्धबहादुर श्रेष्ठले श्रीमती र बहिनीको नाममा बकस लिएको स्रोत बताउँछ । एक सय १२ रोपनी जग्गा राणा परिवारको नाममा दर्ता गराउने क्रममा सहयोग गरेर कर्मचारीले घुसबापत जग्गा नै लिएका हुन् । कतिपयले कर्मचारीले सो प्रकरण बाहिर ल्याइदिने र मोहीलाई उचाल्ने भनेर राणा परिवारलाई ब्लाकमेलिङ गरेरसमेत जग्गा लिएको खुलेको छ । पूर्वसिडिओ गेहनाथकी श्रीमती भुवनकुमारीको नाममा समेत जग्गा बकस दिएको छानबिनमा खुलेको छ ।
सरकारले पञ्चायतकालमा राजनीतिक कारणले जफत भएका जग्गा फिर्ता गर्ने निर्णय ०४७ मा गरेको थियो । तर, अधिग्रहण गरिएको जग्गालाई समेत जफत गरिएको भनेर व्याख्या गरी कांग्रेस नेता सुवर्ण शमशेर राणाबाट अधिग्रहण गरिएको एक सय १२ रोपनी जग्गा फिर्ता गरिएको थियो । त्यससम्बन्धी फाइल नै कर्मचारीहरूले गायब बनाएका छन् ।
०४९ मा गलत व्याख्या गरी राणा परिवारलाई जग्गा दिँदा कलाधार देउवा मालपोत कार्यालयका प्रमुख थिए । ०६७ मा गुठीको जग्गा व्यक्तिको नाममा दाखिला खारेज गर्दा हरिकृष्ण तिमिल्सिना डिल्लीबजार मालपोतका प्रमुख थिए । ०६२ मा छुट दर्ताका नाममा थप जग्गा राणा परिवारलाई दिँदा टीकाराम घिमिरे, हुपेन्द्र केसी, मोहमद साविर हुसेन, श्रीहरी पुडासैनी, श्यामकुमार क्षेत्रीलगायतको संलग्नता देखिएको थियो । यो प्रकरणमा समरजंग कम्पनीका प्रमुखहरू अर्जुन भण्डारी, चिरञ्जीवी अधिकारी, लोकहरि घिमिरे, रमेश पोखरेललगायतले समेत भूमाफियालाई नै साथ दिएका थिए ।
नक्कली मोही खडा गरेर, प्रधानमन्त्री निवास विस्तार तथा छुट जग्गा दर्ताको नाममा समेत बालुवाटारस्थित थप जग्गा हिनामिना भएको थियो । यसको योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी हुन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले गत वर्ष चैतमा यससम्बन्धी प्रारम्भिक रिपोर्ट बुझाएर थप छानबिनको सिफारिस गरेको थियो । सोहीअनुसार अख्तियार र सिआइबी दुवैले अनुसन्धान टुंग्याएर मुद्दा दायरको तयारी गरेका छन् । मुद्दा दायरमा जग्गाधनीलाई समेत प्रतिवादी बनाउन लागिएको छ । कम्तीमा दुई तहसम्मको जग्गाधनीलाई मुद्दा चलाउने अख्तियारको तयारी रहेको नयाँ पत्रिकाले लेखेको छ ।
News Desk 0 response सोमवार, पुस २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१