

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई पूर्वसचिवहरुको प्रशंसा
‘विगतको भन्दा यो पटक मन्त्रीले फरक तरिकाबाट काम गरेको देखिएको छ,त्यो कर्मचारीको सरुवामा होस् या आयोजनाको अगाडि बढाउने काममा किन नहोस्,’मन्त्रालयक एक कर्मचारीले भने ।
-
काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको बारेमा सामाजिक संजाल ट्वीटरमा पूर्व अर्थसचिव रामेश्वर खनालले खनालले लेखेका थिए,‘ भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै, सरकारले शुरुवाती २० महिना खेरा फालेछ। द्रष्टव्यस् यो टिप्पणी हाल सड़क सुधारमा भएको कामको बाह्य अवलोकनमा आधारित’
पूर्व अर्थसचिव खनालले भनेजस्तो भौतिक योजना तथा पूर्वाधारमन्त्री नेम्वाङले देखिने गरेर सुधारको प्रयास थालेका छन् ।
कर्मचारीको सरुवादेखि विकास निर्माणका आयोजनामा पूर्वमन्त्री रघुबीर महासेठ यती विवादित भएका थिए कि उनी मन्त्रीबाट हटेपछि उनको निर्वाचन क्षेत्रमा स्थानीयले दिपावली नै समेत गरेका थिए ।
विकास निर्माणमा सबैभन्दा ठूलो बजेट हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरकारले जनतालाई विकासको महशुस गराउने मन्त्रालय हो । निवर्तमान भौतिक पूर्वाधारमन्त्री महासेठले समयमा निर्माण आयोजना पुरा नगर्ने आयोजनालाई लम्बाउने ठेकेदारको पक्षमा लबिङ नै गरेका थिए ।अर्का पूर्वअर्थसचिव शान्तराज सुवेदीले पनि सामाजिक संजाल ट्वीटर मार्फत लेखे,‘अहिलेका भौतिक पूर्वाधार मन्त्रीको कार्य जिम्मेवारी प्रतिको चासो, खटाई एवं सक्रियता हेर्दा केही गर्लान जस्तो छ। यसैगरी अगाडी बढेमा सबै तिरबाट साथ सहयोग पाईने छ। शुभकामना ’
मन्त्रालयका कर्मचारीहरुका अनुसार प्रारम्भिक काममा जसरी भौतिक पूर्वाधारमन्त्री नेम्वाङले काम गर्दै छन् त्यसलाई निरन्तरता दिएमा हाम्रा अधुरा आयोजनाहरु पुरा हुने र जनताले विकासको महुशस गर्न सक्ने छन् ।
‘विगतको भन्दा यो पटक मन्त्रीले फरक तरिकाबाट काम गरेको देखिएको छ,त्यो कर्मचारीको सरुवामा होस् या आयोजनाको अगाडि बढाउने काममा किन नहोस्,’मन्त्रालयक एक कर्मचारीले भने ।
एक सय दिनको हनिमुन नसक्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयमा उनले प्रारम्भिक रुपमा केही राम्रा कामको संकेत गरेका छन् । चुनौती भने मन्त्री नेम्वाङलाई नभएको भने होइन । पार्टी अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीदेखि काम नगर्ने शक्तिशाली ठेकेदारहरुलाई नियमन गर्नु नै उनको चुनौती हो ।
पार्टीमा लो प्रोफाइल बसेर काम गरेका नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ अभियानका प्रमुख खम्बा हुन् । यो वर्ष भौतिकको बजेट १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट छ । सरकारले हासिल गर्ने आर्थिक बृद्धिदर तथा विकास गतिमा भौतिक पूर्वाधार मन्त्रालयमा भूमिका सबैभन्दा बढी नै हुन्छ ।
News Desk 0 response सोमवार, पुस २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



