

-
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गर्नुभएको हो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नुभएका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उहाँले भन्नुभयो, “साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।”
अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै उहाँले अब कम्युनिष्टबीच एकताको विकल्प नरहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।”
अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताउनुभयो ।
नेता ‘जीवन्त’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको प्रष्ट पार्नुभयो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१