

-
लहान । जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षभित्र सिरहामा विपन्न परिवारका लागि ७६६ पक्की भवन निर्माण हुने भएको छ ।
सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को असारसम्ममा सिरहा जिल्लामा ७६६ र सप्तरीमा ६६६ पक्की आवास भवन निर्माण हुने शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो ।
बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १० हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताउनुभयो ।
पहिलो चरणमा डोम र मेहतर जातिका व्यक्तिको घर निर्माण गर्नका लागि सिरहाका १७ र सप्तरीका १८ वटै स्थानीय तहलाई जग्गा व्यवस्थापनबारे पत्राचार गरिसकिएको प्रमुख झाको भनाइ छ ।
सिरहामा निर्माण हुने जनता आवास भवनका लागि प्रक्रिया अघि बढाइसकेको छ । प्रदेशसभा सदस्य सुनिताराम मोचीको संयोजकत्वमा रहेको समितिको बैठक केही दिनमै बस्ने तयारी गरिएको जानकारी दिनुहुँदै प्रमुख झाले छिट्टै बैठक बसेर घर निर्माण गर्ने प्रक्रियालाई अघि बढाउने बताउनुभयो । सिरहामा निर्माण हुने घरका लागि बजेट निकासा भइसकेको समेत उहाँले जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, पुस २४, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०