

नजिकिँदै फौजी टाढिँदै निजामती
पछिल्ला दिनमा सेना जनतासँग नजिकिन खोजिरहेको छ । सेना योजना निर्माण गरेर बिभिन्न सेवामा जुटिरहेको छ । तर, निजामतीलाई कर्मचारी सेवक भन्दा पनि शासकका रुपमा जनताले बुझ्न थालेका छन् । पछिल्ला समय नेपाली सेना जनतासँगै रहन बिभिन्न सामाजिक सेवामा लाग्न थालेको हो ।
-
काठमाडौं ।
देशमा जंगी र ‘सिभिलियन’ दुई सेवक छन् । जंगी अथवा फौजी संरचना भएको सेना र ‘सिभिलियन’ सेवाको आफ्नै काम, कर्तब्य र अधिकार छन् । फौजी संरचनाको सेना आफ्नै ब्यारेकमा बसेर स्वनियममा बाँधिनु पर्ने सबैको बुझाई छ । निजामती कर्मचारी भने जनताको दैनिक काममा सेवा र सहयोग गर्ने जनबिश्वास छ । तर, पछिल्ला दिनमा सेना जनतासँग नजिकिन खोजिरहेको छ । सेना योजना निर्माण गरेर बिभिन्न सेवामा जुटिरहेको छ । तर, निजामतीलाई कर्मचारी सेवक भन्दा पनि शासकका रुपमा जनताले बुझ्न थालेका छन् । पछिल्ला समय नेपाली सेना जनतासँगै रहन बिभिन्न सामाजिक सेवामा लाग्न थालेको हो । स्वास्थ्यसेवासँग नेपाली सेना प्रत्यक्ष जोडिएर घरदैलोमा पुग्न थालेको धेरै भयो । तर, निजामती सेवाका कर्मचारी भने दैनिक रुपमा घुस काण्डमा अख्तियारको फन्दामा परिरहेका छन् । यसले नेपालका ‘सिभिलियन’ कर्मचारी जनतासँग लुट्न मात्र उद्यत रहेको छनक दिन्छ ।
News Desk 0 response बुधबार, पुस २३, २०७६
अझ यसो भनौ जनताको सेवा भन्दा पनि आफ्नो स्वार्थमा धेरै रुमलिएको अवस्थामा नेपाली सरकारी कर्मचारी देखिएका छन् । भर्खरैमात्र नेपालगञ्ज क्षेत्रमा नेपाली सेनाले गरेको कृयाकलापले पनि उ जनतासँग नजिक हुन खोजेको स्पष्टै देखिन्छ । स्वास्थ्य उपचारका लागि तयार रहने रणनीति, अन्य सेवाका लागि पनि योजना निर्माण गरेर नेपाली सेनाले जनताको नजिक गएर मन जित्न खोजेको भान भएको त्यहाँका पत्रकार जे पाण्डेले बिश्लेषण गरेका छन् । त्यहाँका सेना नेतृत्वले पत्रकार सम्मेलननै गरेर जनताको समस्यामासँगै रहने प्रतिबद्धता ब्यक्त गरेका थियो । यस बिषयमा धेरे तर्कबिर्तक भएका छन् । ‘बिभिन्नखाले दृष्टिकोण पनि आएका छन् । सेनाको कृयाशिलतालाई धेरैले धेरै कोणबाट बिश्लेषण गरेका छन् ।’ पत्रकार पाण्डे भन्छन्,–‘हामीले पनि सेना कृयाशिलताको बिषयमा केही प्रश्न गरेका थियौं तर,उसको नेतृत्वले नितान्त जनसेवाका लागि सेना कृयाशिल भएको जवाफ दिएको छ ।’
यता जनतासँग दैनिक सुखदुःखमा जोडिनु पर्ने निजामती कर्मचारी भने रक्षक भन्दा पनि भक्षक हुन थालेको छ । पूर्व तथा बर्तमान कर्मचारीकै हालीमुहाली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक हेर्ने हो भने पनि निजामती कर्मचारी भ्रष्टमात्र छन् भन्ने सन्देश दिएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ६ वटा मुद्दा दर्ता गरेको छ । ती मध्ये सवै कर्मचारी छन् ।
विगतका वर्षको तुलनामा यो वर्ष मुद्दा अनुसन्धान र स्टिङ अपरेसनलाई व्यापक र प्रभावकारी बनाएर यो काम गरेको अख्तियार बताउँछन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष दर्ता भएको मुद्दा संख्या बढी हो ।
यो वर्ष १ सय २३ दिनमा २ सय ६ मुद्दा दर्ता भएको छ । सो अवधिमा ९६ वटा स्टिङ अपरेसन गरिएको छ । यो वर्षलाई सबैभन्दा धेरै मुद्दा दर्ताको वर्ष बनाउने लक्ष्य अख्तियारले लिएको छ । यस्तै, करिब १६ सय वटा उजुरीको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको अख्तियारस्रोतको भनाइले पनि कर्मचारीका कारण जनता पीडित भएको स्पष्ट पार्दछ ।
सबैभन्दा बढी भष्ट्रचार स्थानीय तहमा देखिएको छ । यहाँका कर्मचारी पनि जनतालाई सेवा भन्दा उनीहरुबाट अतिरिक्त मेवा लिन बढी उद्यत देखिएका छन् । स्थानीयतह जनताको प्रत्यक्ष सरोकार राख्ने निकाय पनि हो । यहीका कर्मचारी जनताको नजरमा गिर्ने अनि फौजी संरचनाको निकाय सेना भने जनताको मन जित्ने अवस्थामा पुग्ने दिन आउन सक्ने अनुमान गर्ने बिश्लेषकहरु पनि धेरै छन् ।
त्यसोत पछिल्ला दिनमा नेपाली सेनाले जनस्तरमा अन्तरकृया, छलफल पनि गर्न थालेको छ । अझ बिभिन्न निकायका ब्यक्तिहरुले सेनाको जनसम्पर्क अझ धेरै हुनु पर्ने आवाज पनि उठाउन थालेका छन् । नेपाली सेना सरकारी साधन स्रोतमानै बाधिएका कारण जनतासँग नजिक हुनलाई सामान्य बिषयका रुपमा लिनेहरु पनि धेरै छन् । तर, पाकिस्तानलगायतका देशमा भएको अस्थिरता नजिकबाट हेरेका बिश्लेषकहरु भने सेना हातहतियारबाट सम्पन्न पनि हुने अनि जनसम्पर्कमा पनि हुने स्थिति आएमा राजनीतिक अस्थिरता हुन सक्ने अनुमान गर्छन् । त्यसोत नेपाली सेना अन्य सैनिक शासन लागू भएका मुलुकको जस्तो शक्तिशाली अवस्थामा नभएका कारण पनि उसले जनसम्पर्क बढाउँदा खासै डराउनु नपर्ने एक अवकाश भएका रथीले जनप्रशासनलाई बताए । ‘नेपाली सेना पनि जनताको कर बाट नै पालिएका कारण जनताको सेवामा लागेको मात्र हो । उसको सकृयताबाट धेरै डराउनु आवश्यक छैन,’ ती रथीले भने,‘हतियार,सम्पति र जनसमर्थन पनि भयो भने मान्छेको मन हो परिवर्तन हुन त सक्छ ।’
जनप्रशासन पाक्षिकवाट


सम्बन्धित शीर्षकहरु
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०