

कर्मचारी युनियनका नेताको बिदेशमा पनि रमिता
यसचोटि त्यही युनियनका उपाध्यक्ष भोला पोखरेलले पुण्यको भन्दा राम्रो पद पाएपछि आपत्ति जनाउन खोज्दा ‘गेट आउट’ भनेर उनलाई लज्जित बनाइएको छ ।
-
काठमाडौं ।
वामपन्थी विचारधाराका ट्रेड युनियनकर्मीहरुको अन्तर्राष्ट्रिय सञ्जाल डब्ल्युएफटिओ, अर्थात् वल्र्ड फेडरेशन अफ ट्रेड युनियन्सको हालै साइप्रसमा सम्पन्न सम्मेलनका क्रममा नेपालका कर्मचारी नेताले ओली र माधव नेपाल पक्षधरको गुटबन्दी देखाउँदा एउटाले पाएको पद गुमाउनुपर्ने, अर्कोले चिताएको भन्दा ठूलो भार बोक्नुपर्ने स्थिति आएको छ । अघिल्लो सम्मेलनबाट नेपाली कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल एशिया–प्रशान्त क्षेत्रका निम्ति उपाध्यक्ष निर्वाचित भएका थिए । यसचोटि त्यही युनियनका उपाध्यक्ष भोला पोखरेलले पुण्यको भन्दा राम्रो पद पाएपछि आपत्ति जनाउन खोज्दा ‘गेट आउट’ भनेर उनलाई लज्जित बनाइएको जनआस्थाले लेखेको छ ।
News Desk 0 response बुधबार, पुस १६, २०७६
सम्मेलनमा भाग लिनका लागि नेपाली टोलीले नोभेम्बर १४ तारिखमा उडेर भोलिपल्ट ग्रिस पुग्नुपर्ने थियो । त्यसका लागि ७ तारिखमै हेडक्वार्टरको म्यासेज आएको हो । तर, यता अप्लाई गर्दा भिसा आएन । र, उनीहरूले भाग लिन नसक्ने खबर पठाए। भिसा नआउनुको कारण रहेछ, त्यस देशका अवैतनिक महावाणिज्यदूत रुपज्योति ठगी मुद्दामा विमानस्थलबाटै समातिनु । उनी समातिएपछि पद्मज्योति पनि भागे । त्यसपछि भोलालाई दिल्ली बोलाइयो । डब्ल्युएफटिओको नेपाल इञ्चार्ज प्रेमल खनालसँग सल्लाह गरेर उनी गए । साथमा पूर्वमाओवादी खेमाका हरि रावल, पुण्य, उनकी पत्नी, निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, संस्थानतर्फका दीर्घराज ढुंगाना, स्थानीय तह कर्मचारी महासंघका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका कर्मचारी हरि श्रेष्ठहरुको पासपोर्ट पनि लगे, भिसा लगाएर आए । तर, भिसाको पैसा कसैले तिरेनन् । सम्मेलनबाट हुर्मत लिइएका क्षेत्रीय उपाध्यक्ष पुण्य लेखा कमिटीमा झरे । तर, भोलाचाहिँ एशिया र प्रशान्त क्षेत्र हेर्ने गरी संयोजकमा उक्लिए । यसमा पुण्यले आपत्ति प्रकट गर्न चाहे । तर, महासचिव मार्विकोसले ‘ह्वाई अब्जेक्सन ? गो आउट’ भनेर हलमै उनको अपमान गरिदिए । चीन र भारतसहित ४२ देशका प्रतिनिधि सहभागी त्यहाँ पुण्यमाथि अपमान गरिनुको कारण रहेछ, आवद्धता स्वीकृतिमा नसोधेकोबारे असन्तुष्टि पोख्नु । नेपालबाट औषधी विक्रेता संघ र करार कर्मचारी संगठनलाई नयाँ आबद्धता दिइएको थियो । ‘मेरो देशको आबद्धता दिँदा किन सोधेनौ ?’ पुण्यको प्रश्न थियो । जवाफमा अपमान पाए । त्यसमाथि उनले कर्मचारी संगठनका महासचिव रेवन्त गौतमसहित २८ घटक जानुपर्नेमा आफ्नी पत्नीसहित सात जनालाई मात्रै लिएर गएको त्यहाँ मन पराइएको थिएन ।
मिलेर जाँदा भारतको दुईवटा ट्रेड युनियन घटकले उपाध्यक्ष र उपमहासचिव पाए नेपालबाट भने एउटै दलमा आबद्ध केन्द्रीय अध्यक्ष गुटबन्दीका कारण सानो युनिटमा खुम्चिए अनि नेपालमा सत्ताको चुरीफुरीलाई देखाइदिने नाममा उपाध्यक्षले सिंगो एशिया प्रशान्तको नेतृत्व भ्याइदिए ।


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२