

दीप बस्न्यातको बाटोमा रुपनारायण भट्टराई
बैदेशिक रोजगार, भन्सार, यातायातबाहेक अन्यत्र खासै बसेका छैनन् । अकूत सम्पत्ति आर्जनको आरोप छ । तर, अहिले आफैँ सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागको महानिर्देशक भएर गएपछि उनीबारे कसले छानबिन गर्ने ? दीप बस्न्यात अख्तियार गएर आफ्नो सर्टिफिकेट मिलाएजस्तो रुपनारायणको खेलो छ ।
-
काठमाडौं ।
यातायात व्यवस्था विभागमा समेत केही समय बसेका महानिर्देशक रुपनारायण भट्टराई दीप बस्न्यातझैँ आफूमाथि हुनुपर्ने छानवीन रोक्न आफैँ त्यहाँ पुग्ने खेलोमा सफल त भए । तर, टिक्लान्जस्तो बुझिँदैन । जागिर खाएको दिनदेखि मालपोततिर रमाएका व्यक्ति हुन् । बैदेशिक रोजगार, भन्सार, यातायातबाहेक अन्यत्र खासै बसेका छैनन् । अकूत सम्पत्ति आर्जनको आरोप छ । तर, अहिले आफैँ सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागको महानिर्देशक भएर गएपछि उनीबारे कसले छानबिन गर्ने ? दीप बस्न्यात अख्तियार गएर आफ्नो सर्टिफिकेट मिलाएजस्तो रुपनारायणको खेलो छ । उनीविरुद्ध अख्तियारमा उजुरीको चाङ छ । अख्तियारमा सि ०१६९१७ दर्ता नम्बर र ०७६ कात्तिक २८ गतेको उजुरीजस्ता अनेक आरोप छन् । न्युरोडका पीडित व्यापारीले आफ्नो दुनो सोझ्याउनका निम्ति आफैँले नक्कली पात्र खडा गरेर उजुरी हाल्ने र त्यही बहानामा मोटो रकम असुल्ने गरेको आरोप लगाएका हुन् ।
News Desk 0 response शुक्रबार, पुस ११, २०७६
स्मार्ट लाइसेन्स आपूर्ति गर्न भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई ठेक्का दिँदा विभागका महानिर्देशकको हैसियतले प्रति लाइसेन्स २३ रुपैयाँका दरले एक करोड ७२ लाख लिएको दाबी छ । यातायात विभागमा रहँदा विभिन्न यातायात समितिहरुको सम्पत्ति सरकारीकरण गर्ने बहानामा अरनिको यातायातको खातामा रहेको १२ करोड ५७ लाखमध्ये केही रकम अनधिकृत रुपमा चलाई आफूनिकटका व्यक्तिमार्फत दोस्रो बजारमा शेयर खरिद गर्ने गरेको समेत बताइन्छ । यो उजुरीलाई अख्तियारले पुस २ गते प्रधानमन्त्रीको जानकारीका निम्ति पठाएको छ ।


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९