

दीप बस्न्यातको बाटोमा रुपनारायण भट्टराई
बैदेशिक रोजगार, भन्सार, यातायातबाहेक अन्यत्र खासै बसेका छैनन् । अकूत सम्पत्ति आर्जनको आरोप छ । तर, अहिले आफैँ सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागको महानिर्देशक भएर गएपछि उनीबारे कसले छानबिन गर्ने ? दीप बस्न्यात अख्तियार गएर आफ्नो सर्टिफिकेट मिलाएजस्तो रुपनारायणको खेलो छ ।
-
काठमाडौं ।
यातायात व्यवस्था विभागमा समेत केही समय बसेका महानिर्देशक रुपनारायण भट्टराई दीप बस्न्यातझैँ आफूमाथि हुनुपर्ने छानवीन रोक्न आफैँ त्यहाँ पुग्ने खेलोमा सफल त भए । तर, टिक्लान्जस्तो बुझिँदैन । जागिर खाएको दिनदेखि मालपोततिर रमाएका व्यक्ति हुन् । बैदेशिक रोजगार, भन्सार, यातायातबाहेक अन्यत्र खासै बसेका छैनन् । अकूत सम्पत्ति आर्जनको आरोप छ । तर, अहिले आफैँ सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागको महानिर्देशक भएर गएपछि उनीबारे कसले छानबिन गर्ने ? दीप बस्न्यात अख्तियार गएर आफ्नो सर्टिफिकेट मिलाएजस्तो रुपनारायणको खेलो छ । उनीविरुद्ध अख्तियारमा उजुरीको चाङ छ । अख्तियारमा सि ०१६९१७ दर्ता नम्बर र ०७६ कात्तिक २८ गतेको उजुरीजस्ता अनेक आरोप छन् । न्युरोडका पीडित व्यापारीले आफ्नो दुनो सोझ्याउनका निम्ति आफैँले नक्कली पात्र खडा गरेर उजुरी हाल्ने र त्यही बहानामा मोटो रकम असुल्ने गरेको आरोप लगाएका हुन् ।
News Desk 0 response शुक्रबार, पुस ११, २०७६
स्मार्ट लाइसेन्स आपूर्ति गर्न भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई ठेक्का दिँदा विभागका महानिर्देशकको हैसियतले प्रति लाइसेन्स २३ रुपैयाँका दरले एक करोड ७२ लाख लिएको दाबी छ । यातायात विभागमा रहँदा विभिन्न यातायात समितिहरुको सम्पत्ति सरकारीकरण गर्ने बहानामा अरनिको यातायातको खातामा रहेको १२ करोड ५७ लाखमध्ये केही रकम अनधिकृत रुपमा चलाई आफूनिकटका व्यक्तिमार्फत दोस्रो बजारमा शेयर खरिद गर्ने गरेको समेत बताइन्छ । यो उजुरीलाई अख्तियारले पुस २ गते प्रधानमन्त्रीको जानकारीका निम्ति पठाएको छ ।

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३
-
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



