

-
काठमाडौं । परराष्ट्र मन्त्रालय दरबन्दी थप्ने तयारीमा छ ।
News Desk 0 response शुक्रबार, पुस ११, २०७६
०७५÷०७६ को नीति तथा कार्यक्रममा नियोगको आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन गर्ने उल्लेख भए पनि मन्त्रालयचाहिँ दरबन्दी थप्ने गृहकार्यमा जुटेको हो । कार्यक्रमको बुँदा नम्बर ९८ मा ‘नियोगको आवश्यकता औचित्यता र प्रभावकारिताको पुनरावलोकन गरिनेछ’ भनिएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै निर्देशनमा उक्त विषय समेटिएको हो । त्यसअनुसार, मन्त्रालयले अष्टे«लियाका लागि पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयबाट बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सदस्य रहनेगरी समिति गठन गरेको थियो । तर, उसले औपचारिक प्रतिवेदन नै नबुझाई विभिन्न नियोगमा दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ ।
दरबन्दी थप्नका लागि परराष्ट्रकै खर्चमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संगठन विकास महाशाखा प्रमुख बाबुराम अधिकारीलाई पत्नी कमलासहित विभिन्न देशको भ्रमण गराइएको छ । परराष्ट्रले पहिला पनि लोकल स्टाफ कटौती गरेर त्यसमा नयाँ दरबन्दी थप्ने र थप गरिसकेपछि लोकल स्टाफ चाहियो भनेर भर्ती गर्ने गरेको एक पूर्वसचिवले सुनाए । दरबन्दी थप्नका लागि पनि परराष्ट्रले समान्यका बाबुरामलाई कतार, स्वीट्जरल्याण्ड, फ्रान्स, बेलायत, अमेरिकालगायका देश भ्रमण गराएको हो । अर्थ मन्त्रालयसँग ओएनएमका लागि प्रतिनिधि पठाउन परराष्ट्रले आग्रह गरेपनि अर्थले पठाएन ।
यता अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषणमा विदेशस्थित कूटनीतिक नियोगहरूको पुनरावलोकन गरी प्रभावकारी नभएका नियोग खारेज गरिने उल्लेख छ । स्पेनबाट भरत रायमाझीलाई फिर्ता बोलाउँदा त्यहाँको दूतावास नै खारेज गर्ने भनिएको थियो । तर, त्यसको केही समयपछि नै दावाफुटी शेर्पालाई राजदूत बनाइयो । यसले पनि सरकार बजेट भाषण र नीति तथा कार्यक्रमविपरीत आफ्नो स्वार्थअनुसार नियोग राख्ने र दरबन्दी बढाउने चलखेलमा लागेको चर्चा अर्थतिर चल्ने गरेको छ ।
सरकारले कानुनी व्यवस्थालाई उल्लंघन गर्दै पछिल्लो समय स्पेन, अमेरिकाको क्यालिफोर्निया र भियनामा नियोग स्थापना गरेको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०६८ को दफा ४ (झ) मा नेपालले विदेशी मुलुकमा आफ्नो दूतावास, महावाणिज्यदूतावास, वाणिज्यदूतावास वा अन्य नियोग खोल्दा अपनाउनु पर्ने मापदण्डका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने र नियोग खोल्दा प्रतिष्ठानसँग परामर्श लिनुपर्ने व्यवस्था छ । तर, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले करिब साढे दुई वर्षअघि नियोग स्थापना गर्दा उक्त प्रतिष्ठानलाई बाइपास गरेको थियो ।


सम्बन्धित शीर्षकहरु
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१