

-
काठमाडौं ।
पत्रकारलाई कुटपिट गरेका नेपाल प्रहरीका अधिकृतहरु सन्तोष राठौर र रुगम कुँवरलाई कार्वाही गर्न उजुरी परेको छ । साग खेलकुद प्रतियोगिताका बेला बल प्रयोगका कारण नेपाल प्रहरी मात्र होइन देशकै अन्तर्राष्ट्रिय बेइज्जत भएको थियो । सामान्य विवादमा उनीहरुले सर्वसाधरण र पत्रकारमाथि निर्मम कुटपिट गरेका थिए ।
नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो।
गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौरले उनलाई कुटपिट गरेका थिए ।
मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागाईंले दमनमा उत्रेका प्रहरीविरुद्ध कुटपिट मुद्दा दर्ता गरेका हुन्। मुलुकी अपराध संहितामा कुटपिट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। दोषी ठहर भएमा डिएसपीको जागिर जाने छ ।
डिएसपी राठौरले डकैतीका अभियुक्तलाई छुटाएको घटनामा पनि छानबिन भइरहेको छ । केटी प्रयोग गरी पर्यटकलाई लुट्ने समूहको मुद्दा दुई सातामा बुझाउनुका साथै कमजोर मुद्दा बनाएर उनले आर्थिक चलखेल गरेका थिए । अर्का प्रहरी अधिकृत कुँवरले हिरासतमा रहेका एक ब्यक्तिलाई निर्घात कुटेका थिए । उनीबिरुद्ध मानव अधिकार आयोगमा पनि उजुरी परेको थियो । तर,त्यस बिषयमा कुनै कार्वाही भएको छैन ।
News Desk 0 response बुधबार, पुस २, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२