

-
काठमाडौं ।
पत्रकारलाई कुटपिट गरेका नेपाल प्रहरीका अधिकृतहरु सन्तोष राठौर र रुगम कुँवरलाई कार्वाही गर्न उजुरी परेको छ । साग खेलकुद प्रतियोगिताका बेला बल प्रयोगका कारण नेपाल प्रहरी मात्र होइन देशकै अन्तर्राष्ट्रिय बेइज्जत भएको थियो । सामान्य विवादमा उनीहरुले सर्वसाधरण र पत्रकारमाथि निर्मम कुटपिट गरेका थिए ।
नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो।
गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौरले उनलाई कुटपिट गरेका थिए ।
मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागाईंले दमनमा उत्रेका प्रहरीविरुद्ध कुटपिट मुद्दा दर्ता गरेका हुन्। मुलुकी अपराध संहितामा कुटपिट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। दोषी ठहर भएमा डिएसपीको जागिर जाने छ ।
डिएसपी राठौरले डकैतीका अभियुक्तलाई छुटाएको घटनामा पनि छानबिन भइरहेको छ । केटी प्रयोग गरी पर्यटकलाई लुट्ने समूहको मुद्दा दुई सातामा बुझाउनुका साथै कमजोर मुद्दा बनाएर उनले आर्थिक चलखेल गरेका थिए । अर्का प्रहरी अधिकृत कुँवरले हिरासतमा रहेका एक ब्यक्तिलाई निर्घात कुटेका थिए । उनीबिरुद्ध मानव अधिकार आयोगमा पनि उजुरी परेको थियो । तर,त्यस बिषयमा कुनै कार्वाही भएको छैन ।
News Desk 0 response बुधबार, पुस २, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



