

घुस लिने सिडिओलाई गृहमा हाजिर
जुनसुकै प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा भएका अनियमितताको रेखदेख गरेर कार्वाही गर्ने अख्तियारी हुन्छ । तर, दोलखाका प्रमुख जिल्ला अधिकारी भने आफैले घुस लिएको आरोपमा परेका छन् । यही आरोपमा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृहमन्त्रालयमा तानिएका छन्।
-
काठमाडौं ।
जुनसुकै प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा भएका अनियमितताको रेखदेख गरेर कार्वाही गर्ने अख्तियारी हुन्छ । तर, दोलखाका प्रमुख जिल्ला अधिकारी भने आफैले घुस लिएको आरोपमा परेका छन् । यही आरोपमा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृहमन्त्रालयमा तानिएका छन्। सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले तानेको हो। मेलुङ गाउँपालिका-४ भेड्पुका कुमार लामा मोक्तानको सार्वजनिक मुद्दा मिलाउने भन्दै रिजालले आफ्नै निवासमा बोलाएर एक लाख रकम लिएको आरोप रिजालमाथि लागेको थियो।
News Desk 0 response शुक्रबार, मंसिर २०, २०७६
प्रजिअ रिजालले कालिञ्चोक गाउँपालिका १ का उदिम तामाङसँग पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार घुस लिएको आरोप लागेको छ। धरौटीबापत १४ हजार लिनुपर्नेमा रिजालले ४९ हजार मागेको दाबी उनीहरुले गरेका थिए। बढी भएको ३५ हजार रकमबारे पत्रकार सम्मलेन गर्ने चेतावनीपछि रिजालले बिहीबार नै फिर्ता गरेको पीडकले दाबी गरेका थिए। प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको जिकिर छन्। उनले बढी पैसा लिएर फिर्ता गरेको भन्ने समाचार नियोजित रहेको दावी गरेका थिए। प्रजिअलाई भ्रष्टचार निवारणको जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी पनि हुन्छ। तर जिल्लाको भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नै पदकै व्यक्ति घुसमा मुछिएपछि गृहले छानबिन थालेको हो।

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



