

घुस लिने सिडिओलाई गृहमा हाजिर
जुनसुकै प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा भएका अनियमितताको रेखदेख गरेर कार्वाही गर्ने अख्तियारी हुन्छ । तर, दोलखाका प्रमुख जिल्ला अधिकारी भने आफैले घुस लिएको आरोपमा परेका छन् । यही आरोपमा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृहमन्त्रालयमा तानिएका छन्।
-
काठमाडौं ।
जुनसुकै प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा भएका अनियमितताको रेखदेख गरेर कार्वाही गर्ने अख्तियारी हुन्छ । तर, दोलखाका प्रमुख जिल्ला अधिकारी भने आफैले घुस लिएको आरोपमा परेका छन् । यही आरोपमा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृहमन्त्रालयमा तानिएका छन्। सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले तानेको हो। मेलुङ गाउँपालिका-४ भेड्पुका कुमार लामा मोक्तानको सार्वजनिक मुद्दा मिलाउने भन्दै रिजालले आफ्नै निवासमा बोलाएर एक लाख रकम लिएको आरोप रिजालमाथि लागेको थियो।
News Desk 0 response शुक्रबार, मंसिर २०, २०७६
प्रजिअ रिजालले कालिञ्चोक गाउँपालिका १ का उदिम तामाङसँग पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार घुस लिएको आरोप लागेको छ। धरौटीबापत १४ हजार लिनुपर्नेमा रिजालले ४९ हजार मागेको दाबी उनीहरुले गरेका थिए। बढी भएको ३५ हजार रकमबारे पत्रकार सम्मलेन गर्ने चेतावनीपछि रिजालले बिहीबार नै फिर्ता गरेको पीडकले दाबी गरेका थिए। प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको जिकिर छन्। उनले बढी पैसा लिएर फिर्ता गरेको भन्ने समाचार नियोजित रहेको दावी गरेका थिए। प्रजिअलाई भ्रष्टचार निवारणको जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी पनि हुन्छ। तर जिल्लाको भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नै पदकै व्यक्ति घुसमा मुछिएपछि गृहले छानबिन थालेको हो।


सम्बन्धित शीर्षकहरु
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१