

-
काठमाडौँ । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पारेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको भूटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भूटानका लागि मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए ।
त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालका पारस खड्काले २ विकेट लिए भने करन केसी, ललित राजवंशी र पवन सर्राफले समान १÷१ विकेट झारे ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रनको योगदान दिए । ५५ बल खेल्दै उनले ५ चौका र ९ छक्कासहित १०७ रनको योगदान दिएका हुन् ।
त्यस्तै पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन बनाए । पारसले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन जोडे भने दीपेन्द्रले २७ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे ।
त्यस्तै रोहितकुमार पौडेलले ६ तथा आरिफ शेख ४ रनमा अविजित रहे । भूटानका कर्मा दोर्जीले दुई तथा तोब्डेन सिङ्गेले एक विकेट झारे । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ । रासस
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा..
सोमवार, असार ३०, २०८२ -
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२
-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा..
सोमवार, असार ३०, २०८२ -
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२