

-
काठमाडौँ । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रुपमा रहेको भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुने समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली भारतविरुद्व जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । नेपालमै भएको दक्षिण एशियाली महिला भलिबल प्रतियोगितामा नेपाल र भारतको भेट भएको थियो । जसमा भारतले नेपाललाई पराजित गरेको थियो । साग अन्तर्गत महिला भलिबलमा भारतले लगातार स्वर्ण जित्दै आइरहेको छ । नेपाल कास्य पदक भन्दामाथि उठ्न सकेको छैन । दक्षिण एशियाली राष्ट्रमा भारत र श्रीलङ्का बलियो टोलीको रुपमा रहेको छ । त्यस्तै यसअघि हिजो भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको थियो । यता भारत भने आफ्नो पहिलो खेल खेल्दैछ । भारतविरुद्धको खेलमा कप्तान अरुणा शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, सुनिता खड्का, साफिया पुन, उषाकुमारी विष्ट, हीरा केसी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ छन् । खेल साझ ५ बजेपछि शुरु हुनेछ । रासस
News Desk 0 response बिहिबार, मंसिर १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



