

-
काठमाडौँ । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रुपमा रहेको भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुने समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली भारतविरुद्व जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । नेपालमै भएको दक्षिण एशियाली महिला भलिबल प्रतियोगितामा नेपाल र भारतको भेट भएको थियो । जसमा भारतले नेपाललाई पराजित गरेको थियो । साग अन्तर्गत महिला भलिबलमा भारतले लगातार स्वर्ण जित्दै आइरहेको छ । नेपाल कास्य पदक भन्दामाथि उठ्न सकेको छैन । दक्षिण एशियाली राष्ट्रमा भारत र श्रीलङ्का बलियो टोलीको रुपमा रहेको छ । त्यस्तै यसअघि हिजो भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको थियो । यता भारत भने आफ्नो पहिलो खेल खेल्दैछ । भारतविरुद्धको खेलमा कप्तान अरुणा शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, सुनिता खड्का, साफिया पुन, उषाकुमारी विष्ट, हीरा केसी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ छन् । खेल साझ ५ बजेपछि शुरु हुनेछ । रासस
News Desk 0 response बिहिबार, मंसिर १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



