

-
काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले आज जानकारी गराएको छ । समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा रहेको समिति सदस्यलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । सबै मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जानकारी गराउँदै प्रमुख थपलियाले प्रचारप्रसारपछिको मौन अवधि विगतमा आलोच्य बनेकाले यस पटक त्यो हुन नदिन आयोगले विशेष ध्यान पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “मौन अवधिमा राजनीतिक दल र उम्मेदवारले चुनावी चिन्तन छोड्नुपर्छ, मौन अवधि उपनिर्वाचनको जस्तो होस् भनी सधैँका लागि नमूना प्रस्तुत गर्न पाइयोस्, यसका लागि राजनीतिक दल र उम्मेदवारले कुनै चलखेल नगरी शान्तरुपमा बसेर उदाहरण प्रस्तुत गर्नुपर्छ । मौन अवधिमा आयोगले यस पटक विशेष निगरानी राख्ने छ ।” निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी रहेको हुँदा मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन पाउने वातावरण सुनिश्चत भएको बताउनुभयो । सो अवसरमा सांसदहरुले निर्वाचन आचारसंहिताको कडाइका साथ पालना भए नभएको प्रभावकारी अनुगमनको व्यवस्था गर्न, मतदानस्थलमै मतगणनाको व्यवस्था गर्न, निर्वाचनलाई प्रविधिमैत्री बनाउन, निर्वाचनलाई कम खर्चिलो तुल्याउन, नक्कली मतदाताबाट हुनसक्ने मतदानप्रति सचेत रहन तथा मौनअवधिमा हुनसक्ने अनेकौं आर्थिक चलखेललाई रोक्न आयोगलाई चनाखो रहन सुझाव दिनुभयो । “मौन अवधि भनेको निर्वाचन प्रचारप्रसार गर्न नपाइने मात्र होइन, मतदाता किन्नका लागि थैली पनि खोल्न मिल्दैन भन्ने पक्षलाई बुझाउन जरुरी छ, अहिले मौन अवधि भनेको पैसा बाड्ने समयका रुपमा बुझिएको छ, पैसाका आधारमा चुनाव जित्ने प्रवृत्तिले लोकतन्त्र बलियो हुनसक्दैन, यसमा आयोगबाट विशेष निगरानी होस्”, उहाँहरुले भन्नुभयो । समितिका सभापति श्रेष्ठले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउने सवालमा समितिको सधँै सहयोग र समर्थन रहने जानकारी गराउँदै निर्वाचलाई मितव्ययी बनाउन, समितिको निर्देशन कार्यान्वयन गर्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणको सुनिश्चित गर्न सुझाव दिनुभयो । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
मङ्लबार, कार्तिक २६, २०८२-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



