

-
काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालचन्द्र लुइँटेलले प्राज्ञिक मर्मविपरीत विद्यार्थीसँग लाखौं लिएको र नर्वे सरकारको नोरेड प्रोजेक्टबाट अकुत आर्जन गरेको उजुरी परेपछि छानबिन शुरु भएको छ । अख्तियारले पत्राचार गरेपछि स्कुल अफ एजुकेसनका डिन महेशनाथ पराजुली र सीए भरत श्रेष्ठको टोलीले छानबिन गरिरहेको छ ।
News Desk 0 response बुधबार, कार्तिक २०, २०७६
प्राध्यापक लुइँटेलले उक्त प्रोजेक्टमा दैनिक बैठक भत्ता, खाजा, इन्धन सुविधा र रिसर्च कमिटीको बैठकबापत एक करोडौं ५० लाख भ्रष्टाचार गरेको आरोप लागेको छ । व्यक्तिगत फाइदा हुने कार्यक्रम, वर्कसप, सेमिनार तथा भ्रमणमा नक्कली सहभागी देखाई लाखौं खर्च गरेको, झूठा व्यक्ति खडा गरेर सम्पूर्ण भत्ता लिएको आरोपमा उल्लेख छ । यसरी आर्जन गरिएको रकम आफ्नो नाताकी विनिता बराल र विनोद पन्तमार्फत ट्राभल एजेन्सी र निजी विद्यालयमा लगानी गरेको बुझिएको छ ।
स्थायी शिक्षकलाई सेवा गरेको ३ वर्षपछि मात्र दिने प्रावधान भए पनि लुइँटेलले विनोद पन्तलाई स्थायी नियुक्ति पाएको एक वर्षमै पिएचडी छात्रवृत्ति दिलाएका थिए ।
सन् २००९–१० मा दुईवर्षे एमएड् कार्यक्रममा विदेश बसेकै बेला सबै मिटिङ र रिसर्च कमिटी बैठकको लाखौं रुपैयाँ भत्ता लिएको पनि उजुरीमा उल्लेख छ । लुइँटेलले सुपरभाइज गरेका प्रत्येक विद्यार्थीसँग सात लाख रूपैयाँँसम्म र अंग्रेजी एडिटिङका नाममा थप ३० देखि ५० हजारसम्म काममा लगाई कमिसन लिने गरेका छन् । जेठो छोरालाई पिएचडी विद्यार्थी सुधीरकुमार झाको निजी विद्यालयमा सित्तैमा पढाएका थिए । विद्यार्थी बबिन पोखरेल, प्रकाशचन्द्र भट्टराई, सुरेश गौतम, राधेश्याम ठाकुर, धनपति सुवेदी, राजकुमार ढुंगाना, लक्ष्मण आचार्य, मीनाक्षी दाहाललगायतलाई आर्थिक सहयोग नगरेको भनी दुःख दिएको आरोप पनि छ ।
शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालको पिएचडी रद्द गर्न उनैले कोसिस गरेका थिए । लम्सालको तीन क्रेडिट नपुगेको भन्दै रद्द गर्न खोज्दा तत्कालीन डिन टंकनाथ शर्माले रोकेको बताइन्छ । अर्का विद्यार्थी वासु सुवेदीलाई विश्वविद्यालय अनुदान आयोगबाट लिएको शोधबापत पाउने सहयोगबाट वञ्चित गराए । यस्तै, लक्ष्मण ज्ञवाली र धनपति सुवेदीविरुद्ध पिएचडी रोक्नकै लागि नक्कली जिमेल खडा गरे । यसका लागि राजेन्द्रराज तिमल्सिनालाई प्रयोग गरी त्यसबेलाका डिनले नचाहिँदो हर्कत गरेको भन्दै सातो लिएका थिए ।
दुई वर्षअघि थेसिस हेरिदिने शर्तमा एक पिएचडी विद्यार्थीसँग बार्गेनिङ गरेको र विशालकुमार भण्डारीलाई आफूलाई डिन बनाउन विद्यार्थी लिएर भिसी भेट्न जान पटक–पटक दबाब दिएको स्रोतले बताएको छ । महेशनाथ पराजुली डिन भएपछि फोनबाट उनलाई पटक–पटक पिएचडी रद्द गरिदिने धम्की दिइएको रहेछ ।
स्कुल अफ एजुकेसनमा आफूले भनेको मान्छेको नाम निकालेको भनेर सहायक डिन डा. लक्ष्मण ज्ञवालीलाई ज्यान मार्ने धम्की दिँदा सातदोबाटो प्रहरीमा जिउज्यान सुरक्षाका लागि निवेदन परेको जनआस्थामा खवर छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९