

अदालतमा महरा र रोशनी यसरी मुस्कुराएपछि……
आइतवार साँझ अबेर काठमाडौं जिल्ला अदालतको इजलासमा मनैदेखि अमिलो बनेका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि उपस्थित सबैलाई आश्चर्य बनाएको थियो । त्यसो त यस अघिका इजलासमा उपस्थित हुँदा पनि उज्यालै अनुहारमा देखिने महरा यस पटक पनि हाँसीखुसी मुडमै देखा परेका थिए ।
-
काठमाडौं ।
आइतवार साँझ अबेर काठमाडौं जिल्ला अदालतको इजलासमा मनैदेखि अमिलो बनेका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि उपस्थित सबैलाई आश्चर्य बनाएको थियो । त्यसो त यस अघिका इजलासमा उपस्थित हुँदा पनि उज्यालै अनुहारमा देखिने महरा यस पटक पनि हाँसीखुसी मुडमै देखा परेका थिए । उनलाई अनुसन्धानका लागि पाँच दिन म्याद थपको आदेश दिंदा पनि यसले कुनै असर पारेको देखिएको थिएन ।
विरामीको कारण देखाएर प्रहरीलाई बयान दिन अस्वीकार गर्दै आएका महरालाई सरकारी वकिलको कार्यालयमा लिएर करीब ६÷७ घण्टा बयान लिएपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्याइएको थियो ।
जिल्ला अदालत पुग्दा अबेर साँझ भैसकेको थियो । तैपनि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको अनुरोधमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महरालाई अनुसन्धानका लागि थप एकहप्ता थुनामा राख्न इजलाससमक्ष माग गरेअनुसार छलफल चलिरहेको थियो ।
न्यायाधीश बाबुराम सुवेदीको इजलासमा जिल्ला अदालतमा साँझ अबेरसम्म चलेको बहसमा महराले आफू र शाहीबीच पुरानै चिनजान रहेको दोहर्याइरहेका थिए । रोशनी शाही बिमारी छिन् भन्ने जानकारी पाएर त्यहाँ भेट्न गएको तर कुनै जबरजस्ती नगरेको पनि महराले इजलास समक्ष बताएका थिए । उनले शाहीको घरमा घटना घटेको भनिएको समयमा आफू सहरी विकासमन्त्री महम्मद इस्तियाक राईसँग कुराकानी गरिरहेको पनि बताएका थिए ।
इजलास चलिरहँदा साँझ ६।०० बजे रोशनी शाहीले असोज १५ गते प्रहरीवृत्त बानेश्वरमा निवेदनदिंदा मिसिल छुट भएकाले संलग्नताका लागि भन्दै इजलाससमक्ष एक निवेदनसमेत् बुझाएकी थिइन् । बुझाइएको निवेदनमा शाहीले आफू डिप्रेसनको बिरामी रहेको, औषधी खाइरहेको, प्रहरीले जबरजस्ती उजुरी दिन लगाएको आदि कुराहरु उल्लेख गरेकी थिइन् । न्यायाधीश सुवेदीले शाहीलाई थप भनाइ केही छ कि भनी प्रश्न गर्दा शाहीले सबै कुरा निवेदनमा आइसकेकाले आफ्नो भन्नु केही नभएको जवाफ दिएकी थिइन् ।
संसद सचिवालय महिला कर्मचारी रोशनी शाहीमाथि यौन हिंसा गरेको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका महरालाई आइतवार जिल्ला अदालत काठमाडौंले पाँच दिने म्याद थपको आदेशसहित अनुसन्धानमा पठाएको छ । अदालतका न्यायाधीश सुवेदीको एकल इजलासले उक्त म्याद थपको आदेश दिएको हो ।
News Desk 0 response सोमवार, कार्तिक ४, २०७६
– द नेपाल टप

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



