

अमेरिकाको अनुदान रकम कटाएर सचिवको भ्रमण, मन्त्रीपरिषदले रोकेको भ्रमणलाई बालुवाटारको फोन
खासमा नेपाललाई अमेरिकाले दिने अनुदान सहयोग रकमबाट कटाएर सूर्य गौतमहरू गएका थिए । सचिव तहको मान्छे तालिममा जाने कुरा सहजै पत्याइहाल्न मिलेन । यसर्थ युएसएडको मान्छेलाई बोलाई तालिममा गएका मान्छेहरूको सिकाई कस्तो रहेछ भनेर अनुगमन गर्ने निहुँ बनाउन लगाए । उनको भ्रमण स्वीकृति मन्त्रिपरिषद्बाट रोकिएको थियो । पछि बालुवाटारबाट फोन गराएर गइछाडे । तालिमबाट के सिके कुन्नी, तर गतहप्ता भूमिसुधार सचिव भएर गएका छन् ।
-
काठमाण्डौं ।
केही दिनअघि महालेखा नियन्त्रकको नेतृत्वमा स्वास्थ्य, शिक्षा, बित्त आयोगको टोली युएसएडको सहयोगअन्तर्गत अमेरिका गयो, तालिम लिने भन्दै । तालिम सकिएपछि एक डेढ हप्ता घुम्ने योजना थियो ।
तर, यताबाट भनियो, ‘बिदा स्वीकृत हुँदैन, छिटो फर्किएर आऊ ’ उनीहरू गए, भनिएकै मितिमा फर्किएर आए पनि । त्यहीबेला प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका पुगेका थिए । न्युयोर्क, वासिङ्गटनका कार्यक्रम सिध्याएर साढुभाइलाई भेट्न बोस्टन जाने काम पनि सके । फर्किंदा एक दिनको बिदा छोट्याए ।
महालेखा परीक्षक टंकमणि शर्माका हकमा पनि त्यस्तै भयो । तर, युएसएडको पैसामा गएकालाई टुप्पी कसेर फिर्ता पठाइयो । छिट्टै फर्किएको सूर्य गौतमको टोलीसँग टंकमणिको कतारमा भेट भयो ।
खासमा नेपाललाई अमेरिकाले दिने अनुदान सहयोग रकमबाट कटाएर सूर्य गौतमहरू गएका थिए । सचिव तहको मान्छे तालिममा जाने कुरा सहजै पत्याइहाल्न मिलेन ।
यसर्थ युएसएडको मान्छेलाई बोलाई तालिममा गएका मान्छेहरूको सिकाई कस्तो रहेछ भनेर अनुगमन गर्ने निहुँ बनाउन लगाए । उनको भ्रमण स्वीकृति मन्त्रिपरिषद्बाट रोकिएको थियो ।
पछि बालुवाटारबाट फोन गराएर गइछाडे । तालिमबाट के सिके कुन्नी, तर गतहप्ता भूमिसुधार सचिव भएर गएका छन् । स्मरणीय छ, उनै सूर्य गौतमले सहसचिव हुँदा लोकसेवामा बिज्ञका रुपमा गएर आफ्नै श्रमतीको कापी जाँचेका थिए ।
यो बिषयमा सर्वोच्चमा मुद्धा पनि परेको थियो । सर्वोच्चका तत्कालिन न्यायाधीश दामोदर शर्माको ईजलाशले उनको कामलाई अबैध भनेर मुद्धा हराईदिएको थियो । उनको अबैध कामको पक्षमा पूर्वसभामुख सुवास नेम्वाङ,हालका सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीलगायतले वहश गरेका थिए ।
News Desk 0 response बुधबार, भदौ १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९