

-
काठमाडौं ।
एकजना एसपी तीन महिनाभित्रै बढुवा खाएर डिआइजी भइदिए । कोहीचाहिँ शाखा अधिकृतबाट एकैचोटि सहसचिव हुने, बढुवा हुनासाथ ४ वर्षे डलर पोष्टिङमा विदेश पठाइने ।
चर्चित ३३ किलो सुन प्रकरणमा प्रहरीलाई समेत जेल पठाउने सहसचिव ईश्वर पौडेलले नेकपा अध्यक्ष प्रचण्डको कोटामा ग्वाङझाउस्थित नेपाली महावाणिज्यदूत हुन जाने खबर पाइसकेका थिए । तर, बेइजिङमा राष्ट्रपति कार्यालयबाट छविन्द्र पराजुली पठाइएका छन् । गुल्मीकी नीता पोखरेल अर्याल शाखा अधिकृतबाट भर्खरै सहसचिव भएकी हुन् ।जिल्ला नै त्यस्तो भएर होला, सहसचिव हुनासाथ चीनको व्यापारिक शहर ग्वाङझाओको पोष्टिङ पाइन् । मुख्यसचिव हुँदाहुँदै मनिलास्थित एसियाली विकास बैंकको जागिर खान गएका डा.सोमलाल सुवेदीलाई फिर्ता बोलाएर त्यहाँ गएका रामशरण पुडासैनी कार्यकाल सिध्याई काठमाडौं फर्किएका छन् । अर्थको बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनी दिल्लीस्थित नेपाली दूतावासमा जाने गरी क्याबिनेट निर्णय भएको छ ।
आफ्नो मन्त्रालयका क्याडेटलाई बाइपास गरेर गृह र राष्ट्रपति कार्यालयका कर्मचारीलाई राम्रो पोष्टिङ दिन लागिएपछि अर्थमन्त्रीको हस्तक्षेपमा सामान्यले क्याबिनेट पठाएको सिफारिस उल्टिएको हो । यसअघिको सिफारिसमा गुल्मेली नीताको नाम दिल्लीका लागि तोकिएको थियो ।
त्यस्तै, सचिव तहको महालेखा नियन्त्रक रहेका सूर्य गौतम शाखा अधिकृतहरु जाने विदेशी कार्यक्रममा डफ्फा बोकेर अमेरिका गएको भनेर प्रधानमन्त्री सिंगापुर उड्नुअघि पोल लगाइएको छ ।अर्कातिर आर्थिक अपराधमा मृत्युदण्डसम्मको सजायँ दिइने देश चीनको भ्रष्टाचारबारे अध्ययन गरेर यता कार्यान्वयन गर्न सकिन्छ कि भन्दै बाह्र सदस्यीय अर्को टोली चीन गएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव, अख्तियारका सहसचिव (सरकारी वकिल समूहका) र विशेष प्रहरीका डिआइजी पनि टोलीमा छन् ।
विशेष प्रहरीमा कमल अधिकारी तीन महिना अघिसम्म एसपी थिए । तीन महिनाभित्रै डिआइजी भएर चीन गएका हुन् ।
News Desk 0 response मङ्लबार, साउन २८, २०७६


सम्बन्धित शीर्षकहरु

घुस लिएको आरोपमा नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध मुद्दा
मङ्लबार, जेष्ठ २८, २०८२-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२