

-
काठमाडौं ।
एकजना एसपी तीन महिनाभित्रै बढुवा खाएर डिआइजी भइदिए । कोहीचाहिँ शाखा अधिकृतबाट एकैचोटि सहसचिव हुने, बढुवा हुनासाथ ४ वर्षे डलर पोष्टिङमा विदेश पठाइने ।
चर्चित ३३ किलो सुन प्रकरणमा प्रहरीलाई समेत जेल पठाउने सहसचिव ईश्वर पौडेलले नेकपा अध्यक्ष प्रचण्डको कोटामा ग्वाङझाउस्थित नेपाली महावाणिज्यदूत हुन जाने खबर पाइसकेका थिए । तर, बेइजिङमा राष्ट्रपति कार्यालयबाट छविन्द्र पराजुली पठाइएका छन् । गुल्मीकी नीता पोखरेल अर्याल शाखा अधिकृतबाट भर्खरै सहसचिव भएकी हुन् ।जिल्ला नै त्यस्तो भएर होला, सहसचिव हुनासाथ चीनको व्यापारिक शहर ग्वाङझाओको पोष्टिङ पाइन् । मुख्यसचिव हुँदाहुँदै मनिलास्थित एसियाली विकास बैंकको जागिर खान गएका डा.सोमलाल सुवेदीलाई फिर्ता बोलाएर त्यहाँ गएका रामशरण पुडासैनी कार्यकाल सिध्याई काठमाडौं फर्किएका छन् । अर्थको बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनी दिल्लीस्थित नेपाली दूतावासमा जाने गरी क्याबिनेट निर्णय भएको छ ।
आफ्नो मन्त्रालयका क्याडेटलाई बाइपास गरेर गृह र राष्ट्रपति कार्यालयका कर्मचारीलाई राम्रो पोष्टिङ दिन लागिएपछि अर्थमन्त्रीको हस्तक्षेपमा सामान्यले क्याबिनेट पठाएको सिफारिस उल्टिएको हो । यसअघिको सिफारिसमा गुल्मेली नीताको नाम दिल्लीका लागि तोकिएको थियो ।
त्यस्तै, सचिव तहको महालेखा नियन्त्रक रहेका सूर्य गौतम शाखा अधिकृतहरु जाने विदेशी कार्यक्रममा डफ्फा बोकेर अमेरिका गएको भनेर प्रधानमन्त्री सिंगापुर उड्नुअघि पोल लगाइएको छ ।अर्कातिर आर्थिक अपराधमा मृत्युदण्डसम्मको सजायँ दिइने देश चीनको भ्रष्टाचारबारे अध्ययन गरेर यता कार्यान्वयन गर्न सकिन्छ कि भन्दै बाह्र सदस्यीय अर्को टोली चीन गएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव, अख्तियारका सहसचिव (सरकारी वकिल समूहका) र विशेष प्रहरीका डिआइजी पनि टोलीमा छन् ।
विशेष प्रहरीमा कमल अधिकारी तीन महिना अघिसम्म एसपी थिए । तीन महिनाभित्रै डिआइजी भएर चीन गएका हुन् ।
News Desk 0 response मङ्लबार, साउन २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



