• मालपोत कार्यालयमा सेवाग्राहीलाई सबै सुविधा एकद्वार प्रणालीअन्तर्गत उपलब्ध गराउन आजदेखि नमूना कार्यालय सञ्चालनमा ल्याइएको हो ।

    (महानिर्देशक गोकर्णमणि दवाडी
    भूमि व्यवस्थापन तथा अभिलेख विभाग )


    भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन सेवा प्रारम्भ भएपछि सेवाग्राही लाभान्वित भएको बताउँदै अहिले राजश्व संकलनमा देखिएको वृद्धिले चालु आवमा ४० अर्ब राजश्वको प्रक्षेपण गरिएको बताएका छन् । महानिर्देशक दुवाडीले आगामी दिनमा मालपोत कार्यालयहरुलाई अझै स्मार्ट बनाउँदै लैजाने बताए । दुवाडी महानिर्देशक बनेसँगै मालपोत कार्यालय स्माट बन्ने क्रम बढेको छ ।
    कलंकीमा आकर्षक कार्यालय
    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका–१४ कलंकीमा रहेको मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरे । भूमि भूमि व्यवस्थापन तथा अभिलेख विभागको सकृयातामा नयाँ प्रणालीको सुरुवात गरिएको हो ।
    अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ ।
    प्रधानमन्त्री ओलीले सरकारले विकास र सेवाका कार्यमा प्रविधिको अधिकतम उपयोग गरी सेवाग्राहीलाई छिटोछरितो सेवा दिने नीति सरकारले लिएको बताउँदै मुलुकलाई समृद्ध बनाउन भूमिमा आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका थिए ।
    प्रविधिले सेवामा सहज, सुगम, पारदर्शिता ल्याउँछ, यसले उत्पादकत्व वृद्धि गर्छ, कृषि, औद्योगिकलगायत क्षेत्रमा यसको समुचित प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।
    सरकारले जनताको सम्पत्तिलाई रक्षा गर्ने उद्देश्यले भूमि प्रशासनमा जग्गाका स्रेस्तालाई डिजिटलाइज्ड गरेको बताउँदै उक्त प्रणालीलाई आगामी दुई वर्षभित्र स्थानीय तहमा हस्तान्तरण गरिने योजना बनाएको छ ।
    जनताका काम परिरहने मन्त्रालय मातहतका सबै कार्यालयमा पारदर्शी रुपमा चाँडो काम हुने खालको परिवर्तन सेवाग्राहीले चाहेको बताए । साथै, काठमाडौंको साँखुमा रहेको मालापोत कार्यलय पनि आधुकि बनेको छ ।
    प्रदेश एकमा दुई नमुना कार्यालय
    ईलाम जिल्लामा रहेको मालपोत कार्यालय ईलामले २ लाख ९५ हजार ८ सय २४ जनसंख्यालाई सेवा पु¥याईरहेको छ । बिगतमा पुरानत शैलीमा सेवा दिईरहेको यो कार्यालय अहिले अत्याधुनिक प्रणालीमा प्रवेश गरेको छ । पहाडको माथिल्लो भेगदेखि चुरेसम्मका जनतालाई सेवा दिने यो कार्यालय अहिले साँच्चै आकर्षक वनेको छ । सेवाग्राहीमैत्री कार्यालयका कारण अहिले आकर्षक कार्यालय बनेको हो । यो अत्याधुनिक सेवासहितको कार्यालयलाई भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उद्घाटन गरिन् । अत्याधुनिक भवनमा आधुनिक सेवाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले ल्याएको सम्मृद्धिको नारा अनुसार यो काम भईरहेको बताईन् ।
    कार्यालयमा रहेको श्रेष्तालाई बिद्युतीय माध्ययमवाट सफ्टवेयर मार्फत केन्द्रीय भूसूचना प्रणालीमा आवद्ध गराई श्रेस्तालाई अध्यावधिक माध्ययमवाट चुस्तदुरुस्त वनाउने काम भएको छ ।
    सेवाग्राही प्रतिक्षालय,शिशु स्तनपान कक्ष, अपाङ्गमैत्री शौचालय,महिला पुरुषका लागि भिन्नाभिन्नै शौचालय, तातो चिसो, पिउने पानीको ब्यवस्था रहेको छ । कार्यालय परिसरमा शिशी टिभी क्यामेरा, कार्यालयमा टायल कार्पेट तथा फर्निचरको पनि आकर्षक ब्यवस्था गरिएको छ ।
    केन्द्रीय नीति अनुसार मालपोत कार्यालयमा सुधार गर्दै जाने योजना अनुरुप अन्य कार्यालयमाझै यहाँ पनि सुधारका काम भएको हो ।
    यस अघि धेरै समस्या भएको कारण सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा दिन नसकिएको मालपोत कार्यालय ईलामका प्रमुख केशवकुमार ढकालको भनाई छ । आबश्यक जनशक्ति र समन्वय अभाव भएको उनले बताए । अव आधुनिक कार्यालयसँगै प्रणाली पनि भएपछि सुधार हुँदै जाने उनको भनाई छ ।
    मालपोत कार्यालय ईलाम उद्घाटन तथा अनलाईन सेवा सुरु भएपछि दैनिक २५ वटा लिखत र रोक्का फुकुवा लगायतका काम हुन थालेको छ । बिगतका दिनमा हुने बिलम्वले सेवाग्राहीमा धेरै समस्या थियो । ईलाम जिल्लालाई अनलाईन सेवा र नमुना मालपोत कार्यालय घोषणा गरीएपछि धेरै सुबिधा भएको सेवाग्राही भनाई छ ।
    बिगतमा हुने पुरातन शैलीका ढड्डालाई बिस्थापित गर्दै आधुनिक प्रणाली अंगिकार गरेको यो मालपोत कार्यालमा झै अन्यत्र पनि सेवा भएमा सेवाग्राहीलाइ धेरै फाईदा पुग्ने छ ।
    पाँचथरमा पनि
    ताप्लेजुङ्ग मालअड्डा र केही बर्ष पछि तेह्रथुम मालअड्डाबाट हुने गरेको तथ्याँङ्क मालपोत कार्यालय, पाँचथरको तामेलीमा रहेका पुराना लिखतहरुबाट देख्न सकिन्छ । २०२२ साल कार्तिक २९ गते भूमि सुधार कार्यालयको स्थापना भएपछि विधिवत रुपमा २०३२ सालमा यस पाँचथर जिल्लाका सवै जग्गाहरु नाँपनक्सा भएको ईतिहास छ । हालको आधुनिक जग्गा प्रशासन लिखित जग्गाको श्रेस्ता तयार भए संगै मालपोत कार्यालय, पाँचथरको स्थापना भै जग्गाको कारोबार ब्यवस्थित भएको हो ।
    २०६६ सालमा तात्कालिन भूअभिलेख विभागको पहलमा काजगि श्रेस्तालाई डिजिटाइज गरी डिजिटल डाटा तयार गरियो । सोही विभागले तयार गरेको ूजिल्ला भूसूचना अभिलेख प्रणालीू सफ्टवेर तयार गरी कम्प्यूटर प्रणालीबाट जग्गाको कारोबार गरी धनिपुर्जा वितरण गर्न शुरु भएको हो । मालपोत कार्यालयको नयाँ भवन निर्माणसंगै यस कार्यालयमा रहेका पुराना टेवल, कुर्सि, दराज, ¥याकजस्ता सामान लिलाम गरीयो । सोही रकम र विभागिय कोष तथा स्थानिय कोषको रकमबाट भवन सुहाउदो भौतिक पूर्वाधार तयार गरी मालपोत कार्यालय,पाँचथरलाई सुविधा सम्पन्न बनेको हो ।
    विभागलाई समय सापेक्ष परिवर्तन गरी जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई सूचना प्रविधिमा आधारित गराउन भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याने कार्यक्रम अनुरुप यो उच्च पहाडी जिल्लामा वि।स। २०७५ साल आषाढ १५ गते देखि कार्यान्वयन भएको हो ।
    अन्य जिल्लाका मालपोत कार्यालयमा यो भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्यनको क्रमममा ठूलो विरोधको सामना गर्नु परेको तथ्यलाई मध्यनजरी गरी बिरोध गर्न सक्ने लेखापढी ब्यवसायीहरुलाई समेत कार्यालयका कर्मचारीहरुका साथमा उक्त प्रणालीको बारेमा तालिम प्रदान गरिएका कारणले यो कार्यालय अन्तर्गतका लेखापढी ब्यवसायीहरुले यो प्रणाली कार्यान्वयनमा सहयोग पुर्याएको अनुभव गरियो ।
    भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीको नियुक्तिसँगै उनको निर्देशनमा मालपोत कार्यालयले सुधारको काम सुरु गरेको हो ।
    भौतिक सुविधा सम्पन्नका दृष्टिले मालपोत कार्यालय, पाँचथर लगभग असी प्रतिशत सफल भैसकेको छ । पालो प्रणालीको जडान,बातानुकुलित कार्यकक्ष ,खुल्ला कार्यालयको अवधारणा, टेलेभिजन सहितको विश्राम कक्ष, तातो, चिसो पानीको सुविधा, डिजिटल सूचना पाटी, डिजिटल हाजिरीको ब्यवस्था, कार्यालयको हाताको सरसफाई, अपाङगमैत्री सौचालयका साथै कार्यालयको हातामा रमणीय फूलबारी र सेवाग्राही सचेतना कार्यक्रम जस्ता कार्ययोजना यस मालपोत कार्यालय, पाँचथरले प्रस्तुत गरेको छ ।
    मालपोत कार्यालय, पाँचथरको जम्मा कर्मचारी दरवन्दी २० जनाको रहेकोमा समायोजन गर्ने क्रममा दरवन्दीमा स्थायी कर्मचारीहरु मात्र ३ जना रहेको छ । करारमा ७ जना लिएर अहिले १० जना कर्मचारीहरुले सूचना प्रविधिको माध्ययमबाट सहज, पारदर्शी र छिटो सेवा दिन सकिएको छ ।
    भौतिक सुविधाको स्तर, कर्मचारिहरुको सेवा प्रतिको सकारात्मक भावनाले यो कार्यालय देशकै नमुना मालपोत कार्यालय हुनसक्ने तथ्यलाई मध्यनजर गरी भूमि ब्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दुवाडीले यस कार्यालयको स्थलगत निरिक्षण गरी नमुना कार्यालय बनाउन निर्देशन दिएका थिए ।
    कोषबाट आवश्यक बजेटको ब्यवस्था भई २०७६ साल जेष्ट २० गते भूमि ब्यवस्था, सहकारी तथा गरिवी मन्त्री माननिय पद्मा अर्याल बाट यो मालपोत कार्यालय, पाँचथर नमुना कार्यालयको रुपमा घोषणा भएको हो । मालपोत कार्यालयको सेवा प्रवाहलाई सरल, पारदर्शी, विश्वासिलो र भरपर्दो बनाउने गरी भैरहेको संरचना र प्रणालीमा सुधार गरी मालपोत कार्यालय, पाँचथरलाई नमुना कार्यालयको रुपमा विकास गर्ने प्रयत्न गरिएको छ । सवैको अमूल्य सुझाव र सहयोगको समेत अपेक्षा कार्यालयले गरेको छ ।
    १३१ कार्यालय मध्ये ७६ मा अनलाईन सेवा
    भूमि ब्यवस्थापन तथा अभिलेख बिभागले पछिल्लो पटक रौतहटको चन्द्रनिगाहपुर मालपोत कार्यालयमा अनलाईन सेवा सुरु गरेको छ । देशका बिभिन्न १३१ कार्यालय मध्ये अनलाईन सेवा सुरु गरेको यो ७६औं कार्यालय हो ।
    मालपोत कार्यालयको गतिबिधि प्रत्यक्षरुपमा बिभाग र मन्त्रालयले हेर्नेमिल्ने गरी बनाईएको यो सेवापछि मालपोत कार्यालयमा पारदर्शीता बढ्ने गरेको सेवाग्राहीको भनाई छ । बिभागबाटै सिधै अनुगमन गर्न सकिने कारण मालपोत कार्यालय थप जिम्मेवारी हुने छ । यसको उद्घाटन भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणि दुवाडीले गरे ।
    यस्तो हुन्छ अनलाईन सेवामा
    अनलाईन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्थाले तमसुक (लेखापढी व्यावसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण) भने लेख्नैपर्छ । पूर्णरुपमा अनलाईनमा गईयो भने तमसुक लेख्ने झञ्झट पनि सकिन्छ ।
    तमसुक लेखिसकेपछि त्यसैको आधारमा अनलाईन प्रणालीमा दर्ता गरिन्छ । आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुक अनुसारको सबै विवरण अनलाईनमा ईन्ट्री गर्छन् । त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्छन् । मालपोत अधिकृत पछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्छन् ।
    त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ । विद्युतीय औँठाछाप पनि लिईन्छ । औँठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ ।
    एकपटक अनलाईनमा रखिएको डाटा अर्को पटक किनबेच गर्दा झनै छिटो हुन्छ । अहिलेको अनलाईन प्रणालीको अफलाईन रेकर्ड पनि राख्ने हुँदा दुई तीन घण्टासम्म समय लाग्छ । अनलाईनमा रखिएको डाटा अर्कोपटक किनबेच गर्दा भने एक घण्टा पनि समय पनि लाग्दैन ।
    अनलाईन प्रणालीमा काम गर्दा जनशक्ति पनि थोरै चाहिने र काम पनि धेरै छिटो हुन्छ । जग्गामा मोही लागेको छ की, हदबन्दी छ की सबै कुरा कम्प्युटरमा हात राख्ने बित्तिकै थाहा पाईन्छ । कसको जग्गा कति छ भन्ने पनि एक क्लिकमा थाहा पाईन्छ ।
    -जनप्रशासन पक्षिकबाट