

-
काठमाडौं । फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (बिएफआइएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)बीच बैंक तथा वित्तीय संस्थाका कर्मचारीको क्षमता अभिवृद्धि गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा. रामहरि लामिछानेले हस्ताक्षर गरेका हुन् ।
आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने एक्जुकेटिभ लिडरसिप डेभलपमेन्ट प्रोग्राम उद्घाटन समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा दुई संस्थाबीच समन्वय गरी तालिम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीको ज्ञान विकासका लागि संयुक्त रुपमा मान्यता प्राप्त शिक्षण संस्थासँग आबद्ध भई ३ महिने, ६ महिने तथा १ वर्षे कार्यक्रमहरु संचालन गर्ने लगायतका विषय समावेश छन् ।
डा. आत्रेयले उक्त समझदारीले नेपालको मानव संसाधन विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास रहेको बताए । यसैगरी अर्का हस्ताक्षरकर्ता डा. लामिछानेले बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठित संचालकलाई स्वागत गरेका थिए ।
सो समारोहमा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त संस्थाका २५ जना संचालकको उपस्थिति रहेको थियो ।
News Desk 0 response सोमवार, असार २, २०७६
कोलम्बो प्लान अन्तर्गत सन् १९७३ बाट एशिया प्यासिफिक राष्ट्रको प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्दे आइरहेको संस्था हो। यस संस्थाले विभिन्न विषयमा तालिम तथा परामर्श सेवा समेत प्रदान गर्दै आइरहेको छ । फिलिपिन्सको मनिलामा एक कार्यक्रम बीच सो समझदारी भएको हो ।

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



