

-
काठमाडौं । फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (बिएफआइएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)बीच बैंक तथा वित्तीय संस्थाका कर्मचारीको क्षमता अभिवृद्धि गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा. रामहरि लामिछानेले हस्ताक्षर गरेका हुन् ।
आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने एक्जुकेटिभ लिडरसिप डेभलपमेन्ट प्रोग्राम उद्घाटन समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा दुई संस्थाबीच समन्वय गरी तालिम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीको ज्ञान विकासका लागि संयुक्त रुपमा मान्यता प्राप्त शिक्षण संस्थासँग आबद्ध भई ३ महिने, ६ महिने तथा १ वर्षे कार्यक्रमहरु संचालन गर्ने लगायतका विषय समावेश छन् ।
डा. आत्रेयले उक्त समझदारीले नेपालको मानव संसाधन विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास रहेको बताए । यसैगरी अर्का हस्ताक्षरकर्ता डा. लामिछानेले बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठित संचालकलाई स्वागत गरेका थिए ।
सो समारोहमा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त संस्थाका २५ जना संचालकको उपस्थिति रहेको थियो ।
News Desk 0 response सोमवार, असार २, २०७६
कोलम्बो प्लान अन्तर्गत सन् १९७३ बाट एशिया प्यासिफिक राष्ट्रको प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्दे आइरहेको संस्था हो। यस संस्थाले विभिन्न विषयमा तालिम तथा परामर्श सेवा समेत प्रदान गर्दै आइरहेको छ । फिलिपिन्सको मनिलामा एक कार्यक्रम बीच सो समझदारी भएको हो ।

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



