-
विश्व वाताबरण दिबसको अवसरमा हाम्रो आकास खुल्नु पहिले स्विटजरल्याण्डको जेनेभामा वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत भईरहेको थियो । राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले यस्तो बताउदै गर्दा हामी भने वातावरणका बिषयमा सामान्य चिन्तामा पनि थिएनौ । साथै ती प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह गरेका छन् ।
बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको वायु प्रदूषणका कारण अकालमै मृत्यु भइरहेको बताए । उनले विश्वको झण्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गरे। मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन् । यो हृदयविदारक तथ्याङ्क हो ।
वायु प्रदुषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान दिइरहेको छ । यसबाट महिला, बालबालिका र गरिबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ ।
बायु प्रदुषणको कुरा सन २०१५ मे मा सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभाले पहिलो पटक ‘बायू प्रदुषणले जन–स्वास्थ्यमा पारेको प्रभाब’ बारे बोलेको थियो ।
आन्तरिक र बाह्य बायूप्रदुषणका कारण ७० लाख भन्दा बढी मानिसहरुको मृत्यू हुने गरेको तथ्य स्विकार गर्दै सो संगठनले सबै सदस्य देशका राष्ट्रिय स्वास्थ्य संस्थाहरुलाई बायू प्रदुषण घटाउन र वाताबरणीय प्रदुषण र त्यस्ले मानब स्वास्थ्यमा पार्ने प्रभाब कम गर्ने बिषयमा जनचेतना जगाउन समेत भनेको थियो ।
नेपालको स्थिति
‘इन्भारोमेन्ट परफरमेन्स (ईपीआई) इन्डेक्स २०१८’अनुसार वायु प्रदुषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा रहेको छ । प्रतिवेदनमा वायु प्रदुषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको छ ।
हाम्रा छिमेकी मुलुक भारत र बंगलादेश झन् नेपालभन्दा बढी प्रदुषितको सूचीमा परेका छन् । दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदुषणको गुणस्तर सबभन्दा खराब पाइएको छ । वायुको गुणस्तरका हिसाबले नेपालको स्तर ३१.४४ छ भने भारतको नेपालभन्दा कम ३०.५७ र बंगलादेशको २९.५६ छ । १८० देशमध्ये बुरुण्डीमा वायु प्रदुषणको गुणस्तर सबभन्दा खराब रहेको पाइएको छ । बुरुन्डी सबभन्दा प्रदुषित मुलुकको सूचीमा परेको छ । उसको स्तर २७.४३ मात्र छ । त्यस्तै, अफ्रिकी मुलुक कंगोको वायु प्रदुषणको गुणस्तर पनि खराबमध्येमा छ । उसको स्तर ३०.४१ मात्र छ ।
फ्रान्स, डेनमार्क, माल्टा र स्वीडेन वायु प्रदुषणको गुणस्तर राम्रो हुने मुलुकमा समावेश छन् । ती देशमा अधिकांश यातायात विद्युतीय छन् भने वातावरणमैत्री यातायात व्यवस्थापन र सडक सञ्जालसमेत छ । ती देशमा प्रदुषण रोक्न साइकल प्रवद्र्धन गरिएको छ । नेपाललगायत एसियाली मुलुकहरुमा यातायातका साधन नै प्रदुषणका मुख्य स्रोत हुन् । नेपालमा अधिकांश पुराना सवारी साधन चल्ने र सडकको गुणस्तरसमेत कमजोर भएकाले प्रदुषण बढी हुने गरेको विशेषज्ञहरु बताउँछन् । ती देश को प्रदुषणले त्यहाँका जनताको स्वास्थ्य खराब गरे पनि पृथ्वी को तापमान र वाताबरण परिवर्तनको असर र प्रभाब दुनियाका सबै राष्ट्रले बराबरी भोग्नु पर्छ, नेपालले अलि बढी । कारण उच्च हिम श्रृख्ला पहिलो प्रभाब पर्ने छ । र, ति चाँडै पग्लिने छन् ।
प्रदूषणको डरलाग्दो तथ्यांक
डब्ल्यूएचओको तथ्यांकले नेपालमा प्रदूषण र यसको कारण हुने मृत्युदर पनि बढिरहेको देखाएको छ । तथ्यांकले नेपाललाई दक्षिणएशियामा यो कोटिको दोस्रो स्थानमा राखेको छ । त्यस अनुसार, नेपालमा हरेक वर्ष प्रति एकलाख जनसंख्यामध्ये वायु प्रदूषणका कारण १ सय ९३ जनाको मृत्यु हुने गरेको छ ।
प्रदूषणको कारण सबभन्दा बढी मृत्यु हुने देशमा उत्तरकोरिया (प्रति लाखमा २०७.२) परेको छ भने सबभन्दा कम माल्दिभ्स (प्रति लाखमा २५.६) देखाएको छ । पेट्रोलियमदेखि दाउरा र गुईंठासम्मको धुवाँले प्रदूषणको दर बढाएकोछ ।
नेपालमा वातावरण प्रदूषणको मात्रा पनि डरलाग्दो छ । शहरी क्षेत्रमा पीएम २.५ को धूलोका कणको मात्रा वार्षिक ९९.५ माइक्रोग्राम प्रति घनमिटर रहेको देखाएको छ । नेपाल को सन्दर्भ मा बायू प्रदुषण रोक्नका लागी अहिले सम्म देखिनेगरी गरिएको कार्य भनेको पुराना गाडी बिस्थापन नै मात्र हो । फोहोर जम्मा गर्ने अर्को काम हुन सक्छ । तर, हामी संग कडा कानुन जरुरी छ । जुन अहिले सम्म बन्न सकेको छैन, बन्न ढिलो भएको छ ।
स्वास्थ्यमा असर
नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुतो रहन सक्दैन । जस्को सिधै संबन्ध मानब जिवन र हाम्रो साझा घर पृथ्वीसँग जोडिन्छ ।
। मानव स्वास्थ्य रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ । वातावरण एक वृहत् विषय हो जसले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा तिनीहरु बीचको अन्तरसम्बन्धलाई जनाउँछ । वर्तमान सन्दर्भमा प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरू वायुप्रदुषण, पानी र माटोको प्रदुषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या हुन् । नेपालमा वायु प्रदूषण एक प्रमुख वातावरणीय समस्या मात्रै नभएर यो एक सामाजिक समस्याका रूपमा नै फैलिदै छ । यसले हाम्रा आर्थिक र सामाजिक विकास लक्ष्यलाई नै चुनौती दिँदैछ ।
विश्व बैंकको अध्ययनअनुसार पीएम २.५ बाट प्रभावित हुनेमध्ये ७० प्रतिशत मानिसको ज्यान उच्च रक्तचाप, मुटु रोग, हृदयघात, मष्तिष्कघातजस्ता समस्याले लिन्छन् । यस्तै, १४ प्रतिशतमा क्यान्सरको समस्या आउँछ ।
बाँकी १६ प्रतिशतमा पनि फोक्सोको समस्या देखिन्छ । किनकी वायु प्रदुषणका कारण मानिसमा मुटु सम्बन्धी रोगको जोखिम बढ्दछ ।
एक नयाँ अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । वायु प्रदुषणले मानिसमा रक्तधमनीलाई कडा बनाउने वा अथेरोस्क्लेरसिसको प्रक्रियालाई तिव्र बनाइदिन्छ । रक्तधमनीहरु कडा भएर राम्रोसँग रगत पम्प गर्न नसकेपछि मानिसमा हृदयाघातको खतरा बढ्दछ । स्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदुषणकै कारण हुन्छ ।
अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल आस्माको समस्या बढेको छ । एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । विश्व स्वास्थ्य संगठनको सन् २०१६ को तथ्यांकअनुसार नेपालमा वायु प्रदुषणकै कारण बर्सेनि नौ हजार नौ सय ४३ जनाको मृत्यु हुने गरेको छ ।
विश्व बैंक तथ्यांकले त्यसभन्दा भयावह रुप देखाउँछ, जसअनुसार नेपालमा बर्से्नि २२ हजार जनाको मृत्युको कारक वायु प्रदुषण हो । हालै गरिएको एउटा अनुसन्धानले बायू प्रदुषणको दुष्प्रभावबारे नयाँ तथ्य पत्ता लगाएको छ । सो अनुसन्धानका अनुसार उच्च वायू प्रदुषण भएका क्षेत्रहरुमा बस्ने मानिसहरुले ‘साइनस’ सँग जोडिएको गम्भीर समस्या भोग्नुपर्ने हुनसक्छ ।
साइनस भनेको मानव खोपडीमा हुने हवा भरिएको टोड्को हो जसले शिरलाई हल्कापन दिन्छ र श्वासप्रश्वासका दौरान हावालाई भित्र ल्याउन सहयोग गर्छ । प्रदुषणका कणहरु साइनसमा नै फिल्टर हुन्छन् । श्वास फेर्दा भित्र आउने हावा साइनस भएर फोक्सोसम्म पुग्छ । साइनसले हावासँग आएका धुलो तथा अन्य प्रकारका फोहोरहरुलाई रोकेर बाहिरतर्फ फ्याकिदिन्छ । वैज्ञानिकहरुका अनुसार लामो समयसम्म प्रदूषित वायूमा श्वास फेर्दा प्रदूषणको कणले साइनसलाई भरिदिन्छ । यसले टाउको दुख्ने, सर्दी, तथा श्वासप्रश्वास सम्वन्धि समस्याहरु उत्पन्न हुन्छन् । समयमा उपचार भएन भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ ।
साइनसको मार्ग अवरुद्ध हुँदा साइनोसाइटिस नामक रोग लाग्न सक्छ । आमरुपमा मानिसहरु साइनोसाइटिसप्रति त्यति गम्भीर हुँदैनन् । तर, यसबाट ब्रोन्काइटिस तथा दम पनि हुन सक्छ । अधिकांस साइनस संक्रमण रुघाबाट सुरु हुन्छ । रुघा भाइरसले गर्दा हुन्छ जसमा सामान्य रुपबाट साइनस टिस्यू सुन्निन सक्छ । सुन्निने कारण हावाका ठाउँमा साइनसमा पिप जम्छ जसले साइनस बन्द हुन्छ । साइनस संक्रमणमा सेवन गरिने एन्टिबायोटिक औषधिले केवल ब्याक्टेरिया मार्नलाई सहयोग गर्छ । यसको लक्षण एक वा दुई हप्तामा आफैं सुधार हुन्छ ।वायु प्रदूषण जतिसुकै मात्रामा भए पनि मानिसको स्वास्थ्यलाई हानि नै पु¥याउँछ । वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा वयस्कको प्रजनन क्षमतासमेत ह्रास गराउँछ । विश्व स्वास्थ्य सङ्गठनको अनुसार कुनै पनि खालको वायु प्रदूषणले क्यान्सरको सम्भावनालाई बढाउने गर्छ ।
गर्नुपर्ने काम
गत साल को वाताबाराण दिवस मा २ जना मन्त्रीले काठमाडैंको थापाथली मा बसेर प्रदुषण जाँच गरेका थिए । जुन निरन्तर हुन सकेन । सडक मा तुँवालो लगाउदै गुड्ने ब्यबसयिक,सरकारी अनी निजी बाहनलाई रोक्ने कानुनको कमी छ ।
फोहोर जलाउने कार्य,ईट्टा भट्टा र घर÷घर बाट निस्किने फोहोर र धुँवा नियन्त्र को ब्यबस्था अति जरुरी छ ।
निर्माणाधिन घर वा अन्य स्थान लाई माटो र बालुवा नियन्त्रण गर्न जनचेतना र नटेर्ने लाई कार्वाही गर्ने मेकानिजम् बिना काम हुने देखिदैन । अर्को तर्फ गाँउ गाँउ पुगेका स्थानीय सरकारले पनि प्रदुषण नियन्त्रणका कानुन बनाएर कडाईका साथ लागू गर्न सक्दा केही समाधान हुन सक्छ ।
अन्त्यमा,
नेपालको संबिधानको धारा ३० ले स्वच्छ वाताबाराणको हक मात्रै ब्यवस्था गरेको छैन प्रदुषक लाई कार्बाही र पीडित लाई क्षतिपूर्तिकासमेत ब्यवस्था गरेको छ ।
नेपालमा औधोगिक क्षेत्र को भन्दा बढी सवारी साधन जस्ले नाफा कमाउन कमाउदै नागरिक को स्वास्थ्य र वाताबाराण मा नकारात्मक प्रभाब छोडी रहेका छन । अततः त्यस्ता लाई निरुत्साहित गर्ने कानुन जरुरी छ । जसले मानब स्वास्थ्य सङ्गै वातावरण परिवर्तन र ‘ग्लोबल वार्मिङ’ न्यून गर्न मद्दत मिल्न सक्छ ।
त्यसैले यो समय बायु प्रदुषण रोक्न जनचेतना, कानुनको परिपालना गर्ने समय हो । हामी कुनै देशमा ‘माइग्रेट’ हुन सकौला तर अर्को ‘प्लनेट बि’ छैन । त्यसैले यसैलाई बचाऔ ।( जिसी साझा फाउण्डेसनका अध्यक्ष तथा ‘पब्लिक पोलिसी इन लोकल गभर्नेन्स’ विषयका शोधार्थी हुन । )
News Desk 0 response सोमवार, असार २, २०७६
सम्बन्धित शीर्षकहरु
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र आगामी योजना
शनिबार, पुस २०, २०८१अचेलका प्राध्यापकहरू
बुधबार, अशोज १६, २०८१“अग्रता आरक्षणले होइन चेतनाले ल्याउँछ”
शुक्रबार, साउन २५, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१