

-
काठमाडौं : अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरेको विभागले जनाएको छ ।
विभागका अनुसार सरकारले गएको चैत १३ गते सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारअन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमानित समयसम्बन्धी जानकारी पाउन यो सेवा लागू गरिएको बताए ।
विभागका हरेक शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आवेदन ट्रयाक गर्न सकिने उनले जानकारी दिए । यससँगै कर्मचारीको जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने विश्वास पनि उनले व्यक्त गरे ।
यसैबीच विभागले भिजिट भिसासम्बन्धी विकृति र विसङ्गति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ । महानिर्देशक तिवारीले भिजिट भिसाका नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोडिएका गतिविधि र अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रहेको बताए ।
नेपाल आउने विदेशी नागरिकको गतिविधिमाथि पनि प्रभावकारी निगरानी थालिएको उनले उल्लेख गरे। आवश्यक कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गर्दै महानिर्देशक तिवारीले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कारबाही गरी पीडककै पैसाबाट गन्तव्य देशमा पठाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
News Desk 0 response बिहिबार, जेष्ठ ७, २०८३

सम्बन्धित शीर्षकहरु
-
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
मङ्लबार, असार २, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३
-
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
मङ्लबार, असार २, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



