-
काठमाडौं : अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरेको विभागले जनाएको छ ।
विभागका अनुसार सरकारले गएको चैत १३ गते सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारअन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमानित समयसम्बन्धी जानकारी पाउन यो सेवा लागू गरिएको बताए ।
विभागका हरेक शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आवेदन ट्रयाक गर्न सकिने उनले जानकारी दिए । यससँगै कर्मचारीको जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने विश्वास पनि उनले व्यक्त गरे ।
यसैबीच विभागले भिजिट भिसासम्बन्धी विकृति र विसङ्गति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ । महानिर्देशक तिवारीले भिजिट भिसाका नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोडिएका गतिविधि र अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रहेको बताए ।
नेपाल आउने विदेशी नागरिकको गतिविधिमाथि पनि प्रभावकारी निगरानी थालिएको उनले उल्लेख गरे। आवश्यक कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गर्दै महानिर्देशक तिवारीले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कारबाही गरी पीडककै पैसाबाट गन्तव्य देशमा पठाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
News Desk 0 response बिहिबार, जेष्ठ ७, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३