
कर्मचारीमात्र होईन प्रधानन्यायाधीशनै सार्वजनिक जग्गा कीर्तेका मतियार
सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए ।
-
काठमाडौं ।
सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए ।
भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० को ३१ वैशाखमा त्यो जग्गा सार्वजनिक रूपमा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको मुद्दामा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशहरू शारदाकुमार घिमिरे र अनिलकुमार सिन्हाको इजलासले ८ भदौ ०७४ मा मीनकुमार अर्याललगायतको पक्षमा फैसला गरेको थियो । सो जग्गा दर्ता गर्न छुटेको भन्दै उनले पुनः दर्ताका लागि निवेदन दिएर आफ्नो नाममा ल्याएका हुन् । जब कि त्यो जग्गामा खानेपानीको कार्यालय छ ।
त्यस्तै, प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले तिनकुने पुलसँगैको एक रोपनी दुई आना जग्गा व्यक्तिको नाममा दर्ता गर्ने फैसला गरेको छ । ग्यास उत्खननका लागि ११ पुस ०४३ मा सरकारले त्यो जग्गा अधिग्रहण गरेको थियो । गलत तरिकाले अधिग्रहण गरेको भन्दै अदालतमा मुद्दा प¥यो । जग्गा रमेश भट्टलगायत व्यक्तिको नाममा हुने फैसला सर्वोच्चले गर्यो । जब कि जग्गा प्राप्ति ऐन, २०३४ मा सरकारी प्रयोजनका लागि जुनसुकै जग्गा अधिग्रहण गर्न सकिने उल्लेख छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र तेजबहादुर केसीको इजलासले करिब दुई वर्षअघि नवलपरासीको मध्यबिन्दु नगरपालिकाको सयौँ बिघा सार्वजनिक जग्गा स्थानीयको नाममा पास गर्न आदेश दियो । आफूहरू सुकुमबासी भएको र भोगचलन गर्दै आएकाले जग्गा पाउनुपर्ने दाबीसहित सयजनाभन्दा धेरैले मुद्दा हालेका थिए । सुकुमबासी भएकाले उनीहरूलाई जग्गा दिन ८ भदौ ०७४ मा अदालतले आदेश दिएको नयाँ पत्रिकाले लखेको छ ।
News Desk 0 response सोमवार, बैशाख ९, २०७६
उपत्यकाका खोला किनारका सयौँ रोपनी जग्गा सर्वोच्च अदालतकै फैसलाअनुसार व्यक्तिको नाममा गइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९